alliance khabar

मंगलबार, साउन १५, २०८१

हेटौँडा, साउन १५ गते ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा १० प्रतिशतले अपराधका घटना बढेको जनाइएको छ । आव २०७८/७९ मा चार हजार ४०५ र आव २०७९/८० मा चार हजार ६७९ अपराधका घटना भएकोमा गत आवमा पाँच हजार १९७ मुद्दा दर्ता र अपराधका घटना भएका छन् । प्रहरीका अनुसार अघिल्ला आवको तुलनामा गत आवमा ९.९६ प्रतिशतले अपराध बढेको देखिन्छ ।

गत आवमा सङ्ग्ठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ । प्रदेशको तीन आवको तथ्याङ्कले बैङ्किङ कसुर र वित्तीय अपराधका घटनामा वृद्धि भएको देखाएको हो । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आव २०७८/७९ मा ५६३ भएकोमा आव २०७९/८० मा वृद्धि भई ९०४ र गत आवमा एक हजार ३३४ पुगेको छ । यस्तै गत आवमा ज्यानसम्बन्धी ९९१, आत्महत्यासम्बन्धी ९९७, चोरीसम्बन्धी २६५, सामाजिक अपराधसम्बन्धी ८४९, सवारीसम्बन्धी ३१० र अन्य ४७१ अपराधसँग सम्बन्धित घटना भए ।

गत आवमा ३५२ लागुऔषध, ४८ कर्तव्य ज्यान, २८६ जबरजस्ती करणी, आठ मानव बेचबिखन तथा ओसारपसार, पाँच अपहरण तथा शरीर बन्धक, दुई डाँका र अन्य २७ अपराधका घटना भएका छन् । गत आवमा २८६ वटा जबरजस्ती करणी, ४६ बहुविवाह, ५१ जबरजस्ती करणी उद्योग, आठ वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा बालविवाहसँग सम्बन्धित अपराधका घटना भएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल