काठमाडौँ, पुस २६ गते । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूबिच संवाद, न्यूनतम समझदारी र सहकार्यको खाँचो रहेको बताउनु भएको छ । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकमा शनिबार यहाँ सम्बोधन गर्नु हुँदै अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो । […]
रुकुमपश्चिम, पुस २६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले रुकुमपूर्वबाट चुनाव लड्ने पक्का भएको बताउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रुकुमपश्चिमको मुसीकोट नगरपालिका १ बराहाटाकुरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा आफू रुकुमपूर्वबाट चुनाव लड्ने करिब निश्चित भएको बताउनुभयो । उहाँले रुकुमका जनताको दुःख, सुखमा साथ […]
काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनिबार १७ देशका जनसम्पर्क समितिका सभापतिले एक संयुक्त अपिल जारी गर्दै विधानअनुसार १५औं नियमित महाधिवेशन प्रक्रिया अघि बढिरहेका बेला त्यसैलाई निरन्तरता दिनुपर्ने बताएका हुन्। ‘कांग्रेसको आन्तरिक जीवनमा हामी अहिले अप्ठ्यारो परिस्थितिमा छौं। […]
फुङलिङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित गोल्डकप सञ्चालन हुने भएको छ । गोल्डकप कक्फेक्वा तङ्नाम (माघे सक्रान्ती) को अवसरमा जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–४ नेसुममा आगामी पुस २८ गतेदेखि माघ १ गतेसम्म सञ्चालन हुने भएको हो । फुङलिङमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरी गोल्डकपको बारे जानकारी गराइएको हो । आँप पानी युवा […]
काठमाडौँ, पुस २६ गते । नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको अन्त्येष्टि गरिएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक जेलजीवन बिताउनु भएका स्वर्गीय दाहाल विसं २०५६ को आमनिर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो । उहाँले कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो । स्व. दाहालले […]
खजुरा, पुस २६ गते । मानव अधिकारवादी संस्था एडभोकेसी फोरम नेपालले बाँकेको डुडुवा आसमानपुरस्थित जयेन्दु बाल सुधारगृहमा कानुनी विवादमा परेका बालकहरूका लागि खेलकुद तथा पाठ्यसामग्री सहयोग गरेको छ । सुधारगृहमा पर्याप्त पाठ्यसामग्री र खेलकुद सामग्रीको अभाव भएपछि त्यहाँ रहेका बालकहरूले लिखित रूपमा सहयोगको अनुरोध गरेका थिए । सुधारगृह प्रशासन र बालकहरूको संयुक्त अनुरोधपछि फोरमले करिब […]
जेनेभा, पुस २६ गते । मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ । पत्रकारसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० […]
गुल्मी, पुस २५ गते । गुल्मीको रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सम्पन्न भएको छ । १८ औं नगरसभाको पहिलो बैठकबाट एक विधेयक पारित गर्नुका साथै दुई ऐन संशोधन गरी यस नगरपालिकाले हिउँदे सभा सम्पन्न गरेको हो । नगरप्रमुख खिलध्वज पन्थीको अध्यक्षतामा भएको १८ औं नगरसभाको पहिलो बैठकबाट रेसुङ्गा नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा […]
काठमाडौँ, पुस २५ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतपत्र छपाइ शुक्रबारदेखि सुरु हुने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ सुरु हुन लागेको हो । समानुपातिक र प्रत्यक्षको नमुना मतपत्र छपाइ सकिएपछि निर्वाचन आयोगले वास्तविक मतपत्र छपाइ प्रारम्भ गरेको हो । नेपाली सेनाको सुरक्षा घेरामा मतपत्र छपाइको कार्य प्रारम्भ हुने छ । […]
नेपालगन्ज, पुस २५ गते । पछिल्ला वर्षमा बाँकेका निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ । निजि जग्गासँगै सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा समेत बिरुवा रोप्ने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । डिभिजन वन कार्यालय बाँकेका योजना शाखाका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले गत आर्थिक वर्ष […]