काठमाडौँ, जेठ ३ गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०८ पैसा, युके पाउण्ड […]
काभ्रेपलाञ्चोक, जेठ ३ गते । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ । ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो । गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि […]
काठमाडौँ, जेठ ३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, […]
काठमाडौँ, जेठ ३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन याक चिजसहितको तस्बिर सार्वजनिक गरेपछि यसको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले ‘से चिज, डिडिसीको चिज’ भन्दै आफ्नो आधिकारिक फेसबुक एकाउन्टमा तस्बिर सार्वजनिक गरेपछि स्वदेशी उत्पादन प्रवर्धनमा ठुलो मद्दत पुग्ने आमबुझाइ बनेको छ । डिडिसीले उच्च […]
काठमाडौँ, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र यतिबेला नेतृत्व परिर्वतनबारे बहस चुलिएको छ । त्यसका लागि विशेष महाधिवेशनको माग उठेको छ । पार्टीको नेतृत्व शैली, निर्णय प्रक्रिया, सङ्गठन सञ्चालन र राजनीतिक कार्यदिशालाई लिएर असन्तुष्ट नेताले विशेष महाधिवेशनको माग गर्दै देशव्यापी रूपमा हस्ताक्षर अभियान थालेपछि एमालेभित्र नयाँ राजनीतिक तरङ्ग सिर्जना भएको हो । […]
काठमाडौं,जेठ १ गते। व्यस्त शहरी परिवेशभित्र अवस्थित गुह्येश्वरी माध्यमिक विद्यालय अहिले सामुदायिक विद्यालयको भीडमा एउटा आशा, भरोसा र गुणस्तरीय शिक्षाको प्रतीक बनेर उभिएको छ। जहाँ कतिपय सरकारी विद्यालय विद्यार्थी अभावले कक्षाकोठा सुनसान बन्ने चिन्तामा छन्, त्यहीँ यो विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा दिनुपर्ने अवस्था सिर्जना हुनु आफैंमा एउटा उल्लेखनीय उपलब्धि हो। यस वर्षको SEE परीक्षामा […]
दाङ, जेठ १ गते । मादलको तालसँगै गोलबद्ध भएर गीत गाउँदै नाचिरहेका महिला र पुरुषको समूहले तुलसीपुरको कार्यक्रमस्थल एकाएक दसैँमय बनायो । राधा र कान्हाको प्रतीकात्मक भूमिकामा सजिएका थारू महिला तथा पुरुषले सख्या ‘पैयाँनाच’ प्रस्तुत गरेपछि उपस्थित दर्शक मात्रै होइन, अतिथि पनि मन्त्रमुग्ध बने । मटावाँ–बरघर–भलमनसाको अन्तरप्रदेशीय अनुभव आदानप्रदान कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–१०, गोलौरीगाउँका कलाकारले प्रस्तुत […]
काठमाडौँ, जेठ १ गते । वाणिज्य बैङ्कले जेठका लागि निक्षेपको ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिएका छन् । बैङ्कले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै निक्षेपको दर थप घटाएका हुन् । उच्च तरलता र कर्जा प्रवाहको सुस्त आर्थिक अवस्थाका कारण बैङ्कले निरन्तर रूपमा ब्याजदर घटाउँदै आएका छन् । जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम […]
सोलुखुम्बु, जेठ १ गते । सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो निर्माण सम्पन्न भएको छ । वसन्तयामको सगरमाथा आरोहणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आयोजनामा आठ जना आइसफल डाक्टरको टोलीले सगरमाथा आधार शिविरबाट क्याम्प–२ सम्म निर्माण गरेपछि त्यसभन्दा माथि एक्सपिडिसन अपरेटर एसोसिएसन अफ नेपालले चुचुरोसम्मको बाटो तयार गरेको हो । दोस्रो शिविरभन्दा माथि डोरी […]
काठमाडौँ, जेठ १ गते । सरकारले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारीहरू खुला प्रतिस्पर्धाबाट चयन गर्ने भएको छ । नयाँ नियुक्तिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रक्रिया अघि बढाएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत आयोगका पदाधिकारी छनोट गर्न तीन सदस्यीय सिफारिस समिति गठन गर्नुभएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन […]