पहाड–हिमालमा वर्षा/हिमपात, तराईमा हुरी चेतावनी

काठमाडौँ, चैत २० गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ, चैत १९ गते । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नुभएको छ । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उहाँ आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुग्नुभएको हो । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कनुभएको हो । अनुगमनका क्रममा उहाँले सेवाग्राहीलाई कुनै प्रकारको सास्ती नपर्ने […]

संसदबाटै सभापति लामिछानेद्वारा दलित समुदायसँग माफी

काठमाडौं, चैत १९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दलित समुदायप्रति संसदबाटै सार्वजनिक तथा सामूहिक माफी माग्दै उक्त माफीको मूल्य न्यायमार्फत सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधिसभाको आज बसेको पहिलो बैठकमा दलीय आधारमा मन्तव्य दिने क्रममा उहाँले सिङ्गो पार्टी, प्रधानमन्त्री बालेन्द्र शाह तथा सरकारको तर्फबाट दलित समुदायप्रति औपचारिक क्षमायाचना गर्नुभयो । […]

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं, चैत १९ गते । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपियाँ वृद्धि गरेको हो । पेट्रोलको मूल्य अधिकतम प्रतिलिटर करिब २०२ रुपियाँ  र डिजेल र मट्टितेलको मूल्य करिब १८२ रुपियाँ प्रतिलिटरसम्म पुगेको छ। यस्तै, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर […]

मौलापुर नगरपालिकाद्वारा एकीकृत दलित बस्ती निर्माण सुरु

रौतहट, चैत १९ गते। रौतहटको मौलापुर नगरपालिकाले एकीकृत दलित बस्ती निर्माण कार्यको थालनी गरेको छ। नगरपालिकाको वडा नं. ९ सोनरनियामा रहेको करिब डेढ बिघा ऐलानी जग्गामा एकीकृत दलित बस्ती निर्माण हुन लागेको नगरप्रमुख रीना कुमारी साहले जानकारी दिनुभयो। झोपडीमुक्त नगरपालिका बनाउने नगरवासीसँग गरिएको वाचा पूरा गर्न कुनै कसर बाँकी नराखिने उहाँले बताउनुभयो। नगरप्रमुख साहले बुधबार […]

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ

काठमाडौँ, चैत १९ गते ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयको कार्यसम्पादनलाई थप चुस्त, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यले सुशासन एकाइ स्थापना गरेको छ । नयाँ सरकार गठनलगत्तै यही चैत १३ गते मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सयबुँदे कार्यसूचीको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत यस्तो एकाइ स्थापना गरिएको हो । सुशासन (व्यवस्थापन तथा […]

पश्चिम एसियाको तनावले पर्यटनमा असर

काठमाडौँ, चैत १९ गते ।  दक्षिण पश्चिम एसियाका देशमा जारी द्वन्द्वका कारण युरोप, अमेरिकालगायत प्रमुख गन्तव्यबाट नेपालमा आउने विदेशी पर्यटकको सङ्ख्या घटेको छ । पर्यटन बोर्डका अनुसार सन् २०२६ को मार्चमा दक्षिण एसियाली र चीनबाहेक अन्य एसियाली मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा बढे पनि युरोप तथा अमेरिकालगायत प्रमुख गन्तव्यबाट आउने पर्यटकको आगमनमा भने युद्धको प्रभाव देखिएको […]

वस्तुगतमा श्रेष्ठ समूहको उम्मेदवारी

काठमाडौँ, चैत १९ गते । नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी निर्वाचनमा वस्तुगततर्फ नरेशलाल श्रेष्ठको समूहले उम्मेदवारी दिएको छ । श्रेष्ठ वस्तुगत उपाध्यक्ष रहने गरी केन्द्रीय सदस्यसहितको समूहको घोषणा भएको हो । श्रेष्ठको समूह अन्तर्गत कार्यकारिणी सदस्यमा कमला श्रेष्ठ, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र सङ्ग्रौला, दुर्गाप्रसाद सुवेदी, नीराजनबहादुर चलाउने, सागर […]

देवीदह पर्यटकीय स्थल विकासका लागि ‘विष्णु महायज्ञ’

लहान, चैत १९ गते।  लहान नगरपालिकाको मुख्यचोकदेखि करिब १० किलोमिटर उत्तरतर्फ वडा नं.१७ मा रहेको पर्यटकीय स्थल देवीदहको विकासका लागि विष्णु महायज्ञ आयोजना गरिने भएको छ। विष्णु महायज्ञ चैत १९ गतेदेखि सुरु भएको महायज्ञ २९ गतेसम्म सञ्चालन हुनेछ। धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण देवीदहमा विगत तीन वर्षदेखि विष्णु महायज्ञ आयोजना गर्दै मानव कल्याण र पर्यटकीय […]

राष्ट्रिय सभामा सहमतिको गृहकार्य

काठमाडौँ, चैत १९ गते । राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरू उपाध्यक्ष र संसदीय समितिका सभापतिको रिक्त पदमा निर्वाचनका लागि सहमति खोज्न आन्तरिक गृहकार्यमा जुटेका छन् । दलहरूको मागबमोजिम सङ्घीय संसद् सचिवालयले चैत २२ गतेसम्म सहमतिका लागि पर्खिने जनाएको छ । बिहीबारका लागि तय भएको संसद् बैठकको कार्यसूची तय गर्न बुधबार अपराह्न बसेको राष्ट्रिय सभाको कार्यव्यवस्था […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल