alliance khabar

मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ, भदौ ९  गते   । 

प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने  भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता नगराएका हुन् । रास्वपाका सांसदले सात वटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीन वटा मात्र दर्ता गरेका छन् । अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ ५ गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो । तोकिएको अवधिमा ११ वटा प्रश्न दर्ता भएका छन् । प्रश्नमाथि औपचारिक रूपमा भदौ १० गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुने छ । संसद् सचिवालयका अनुसार रास्वपाबाट अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटाले प्रश्न दर्ता गराउनुभएको छ । यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरुङ हुनुहुन्छ । यस्तै नेकपा (एमाले) का ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गर्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गर्नुभएको छ । श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुश्बु ओलीले प्रश्न दर्ता गर्नुभएको छ ।

सभामुखको रुलिङ अनुसार सबै दलबाट एक/एक प्रश्नको प्रतिनिधित्व सुनिश्चित गरिएको थियो । जस अनुसार छ दलबाट छ वटा र बाँकी नौ वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वका आधारमा भाग लगाइएको थियो । सचिवालयले दलीय कोटासहित रास्वपाबाट सात तथा कांग्रेस, एमाले र नेकपाबाट दुई/दुई वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराएको थियो । श्रम संस्कृति र राप्रपाले एक/एक वटा प्रश्न दर्ता गर्न पाउने छन् । यसअघिका प्रश्नोत्तरमा १५ प्रश्न तोकिए पनि मागभन्दा बढी दर्ता हुने गरेका अभ्यास छन् । पहिलो पटक २०७५ माघ ४ मा भएको प्रश्नोत्तरमा दर्ता भएका १८ वटै प्रश्नको जवाफ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ