काठमाडौँ, कात्तिक २७ गते । सरकार र स्थानीयसँगको सहमतिसँगै बुधबारदेखि मेलम्चीको पानी पथान्तरण सुरु गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको उपस्थितिमा सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मङ्गलबार राति दुई पक्षबिच समझदारी पत्रमा हस्ताक्षर भएपछि एक हप्तादेखि अवरुद्ध पानी सुरुङमा पठाउन सुरु भएको हो । तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग १३ महिनाअघि भएको […]
दुई उद्योग एभरेस्ट पेपर मिल्स र बुटवल सिमेन्ट उद्योगको नियमित महसुल नै भुक्तानी गरेका छैनन् भने उद्योग पनि पहिले नै बन्द थिए । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टले यसअघि नै भुक्तानी प्रतिबद्धता जनाएका कारण लाइन काटिएको थिएन । डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादका कारण तत्काल समस्या टरे पनि यसको अन्तिम निरूपण भने […]
काठमाडौँ, कात्तिक २७ गते । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ५२ पैसा र बिक्रीदर १४२ रुपियाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपियाँ ७५ पैसा र बिक्रीदर १६४ रुपियाँ ४५ पैसा, युके पाउण्ड […]
काठमाडौँ, कात्तिक २७ गते । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यसैगरी, आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।
मकवानपुर, कात्तिक २६ गते। मकवानपुर प्रहरीले जेनजीको प्रदर्शनीको क्रममा हेटौँडाको विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। गत भदौ २४ गते भएको जेनजी आन्दोलनमा हेटौँडा उपमहानगरपालिका–११ स्थित नवलपुरका सुशील पौडेलको घरमा आगजनी तथा तोडफोडमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय, मकवानपुरले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, […]
काठमाडौँ, कात्तिक २६ गते । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङ भएको चितुवा (ब्ल्याक प्यान्थर) अवलोकनका लागि राखिएको छ । पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा आजदेखि दर्शकहरूले अवलोकन गर्न सक्ने गरी राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । पूर्वी नेपालको इलामबाट उद्धार गरी गत भदौ १७ चिडियाखानामा ल्याई पशु […]
काठमाडौँ, कात्तिक २६ गते । काठमाडौंँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो । स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्याङ्कनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले […]
मध्यविन्दु, कात्तिक २६ गते । हातमा सालको पात र बाँसको सिन्का लिएर दुना टपरी गाँस्दै गर्नुभएकी सरस्वती पौडेल उमेरले भर्खर नौ वर्ष पुग्नुभयो । उहाँ नवलपुरको कावासोती नगरपालिका ७ मा रहेको सूर्योदय आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत हुनुहुुन्छ । उमेर सानो भए पनि लक्ष्य भने ठुलो राखेर उहाँ कावासोती नगरपालिकाले आयोजना गरेको नगरस्तरीय दुना–टपरी […]
काठमाडौँ, कात्तिक २६ गते। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले पार्टी महाधिवेशनको विषयमा पक्षविपक्षमा बाँडिएर द्वन्द्व बढाउने भन्दा विशेष महाधिवेशनको माग राख्ने साथीको भावनालाई समेटेर केन्द्रीय समितिबाट सर्वसम्मत समाधान खोज्नुपर्ने बताउनुभएको छ। जारी केन्द्रीय समितिको बैठकमा बुधबार आफ्नो धारणा राख्दै डा. कोइरालाले यतिबेला विशेष महाधिवेशनमा पार्टी जानु नहुने भन्दै विशेष महाधिवेशन माग गरेका साथीलाई पनि […]
काठमाडौँ, कात्तिक २६ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकारी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियो। आयोगले निर्वाचन तयारीअन्तर्गतका ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र हालसम्मको मूल्यांकनमा आउँदो […]