alliance khabar

बिहिबार, माघ १५, २०८२

मकवानपुरगढी, माघ १५ गते ।

बागमती प्रदेश सभामा हालसम्म ८९ वटा कानुन निर्माण भएका छन् । बागमती प्रदशे सभाबाट ९० विधेयक पारित भए पनि ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् ।

एक विधेयक प्रदेश सभाबाट पारित भए पनि राजपत्रमा प्रकाशित हुन सकेको छैन । प्रदेश चिट्ठा विधेयक संसद्बाट पारित भए पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नहुँदा पुनः संसद्मा नै विचाराधीन अवस्थामा रहेको छ ।

हाल प्रदशे सभामा तीन वटा विधेयक सभा, समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । बुधबार प्रदेश सभाको आठौँ वार्षिकोत्सव अन्तरगत सचिवालयले गरेको पत्रकार सम्मेलनमा प्रदेश सभाका सभामुख अप्सरा चापागाईँले प्रदेश सभा स्थापनादेखि हालसम्मको संक्षिप्त विवरण जानकारी गराउनुभएको हो ।

उहाँका अनुसार प्रदेश सभाले पाँचौँ अधिवेशनमा छ वटा बैठक सञ्चालन गर्दै नौ घण्टा २५ मिनेट समय खर्च गरेको थियो । त्यसै गरी छैटौँ अधिवेशनमा २४ वटा बैठक बसेका छन् । जसमा ३९ घण्टा २१ मिनेट समय खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा सचिवालयले कानुन निर्माण, कार्यान्वयन तथा अपेक्षासम्बन्धी स्थानीय तहसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

विषयगत समितिका सदस्यलाई विधेयक मसौदा तयारी तथा प्रतिवेदन लेखनसम्बन्धी तालिम, प्रदेश निजामती ऐन, २०७९ को उत्तर विधायिकी प्रशिक्षण तथा सरोकारवालासँग छलफल कार्यक्रमसमेत गरिएको छ । प्रदेश सभा भ्रमणमा आउने आगन्तुकलाई नियमित रूपमा प्रदेश सभासम्बन्धी जानकारी प्रदान गरिँदै आएको सचिवालयले जनाएको छ ।

जेनजी प्रदर्शनपछिका सुधारात्मक कार्य अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको परिसरमा निर्मित हलमा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनको तयारी गरिएको छ । क्षति पुगेका भवनको मर्मत, सचिवालयको दैनिक कार्य सञ्चालन तथा विषयगत समितिको बैठक व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइएको छ । प्रदेश सभाको आठौँ वार्षिकोत्सव अन्तरगत प्रदेश सभा दर्पण प्रकाशन, रक्तदान कार्यक्रम, पत्रकार भेटघाट सम्पन्न गरेको छ ।

प्रदेश सभामा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ जना निर्वाचित प्रदेश सभा सदस्य छन् । यसअघि प्रदेश सभाका छ सभासदले प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि गत माघ ५ मा राजीनामा दिएपछि प्रदेश सभामा हाल १०४ जना सांसद रहेका छन् ।

कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका प्रकाश श्रेष्ठ, अमनकुमार मास्के, तत्कालीन नेकपा एकीकृत समाजवादी हालको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वसन्त मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुनिल केसी र तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेकपा) का युवराज दुलालले राजीनामा दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल