alliance khabar

शुक्रबार, माघ १६, २०८२

मोरङ माघ १६ गते ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहिदहरूको बलिदानको जगमा उभिएको लोकतान्त्रिक व्यवस्था नाराले होइन, सचेत नागरिकको धैर्य, विवेक र इमान्दारिताले जोगिने बताउनुभएको छ ।

माघ १६ गते (शुक्रबार) सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्री कार्कीले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापनाका लागि योगदान दिने सम्पूर्ण सहिदहरूप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ ।

“आज हामी उभिएको लोकतान्त्रिक जग वर्तमानको उपलब्धि मात्र होइन, यो सहिदहरूको प्रेरणा, साहस र अमर बलिदानको परिणाम हो,” मुख्यमन्त्री कार्कीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

जहानियाँ राणा शासनविरुद्ध चार सहिदले देखाएको वीरता नेपाली इतिहासको आधारस्तम्भ भएको उल्लेख गर्दै उहाँले २००७ सालदेखि २०४६ सालको जनआन्दोलन र २०६२/६३ को ऐतिहासिक आन्दोलनसम्म सहिदहरूको प्रेरणा निरन्तर जीवित रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले वर्तमान सन्दर्भमा मुलुक गम्भीर चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै पपुलिजमको नाममा यथार्थ लुकाउने र तथ्यलाई ओझेलमा पार्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

“यस्ता प्रवृत्तिले लोकतान्त्रिक चेतना र संघीय व्यवस्थामाथि प्रहार गरिरहेका छन्,” उहाँले भन्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई उत्तेजनाबाट होइन संयम, धैर्य र विवेकपूर्ण ढङ्गले जोगाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री कार्कीले संविधानको जगमा उभिएर कमजोरी सच्याउँदै सहिदले देखाएको बाटो र सपना साकार पार्नु आजको आवश्यकता भएको बताउनुभयो ।

प्रदेश सरकार सङ्घीयताको सही कार्यान्वयन, जनताको सेवा र समृद्धिको लक्ष्यबाट विचलित नहुने अठोटमा दृढ रहेको उल्लेख गर्दै उहाँले सङ्घीयता कमजोर होइन, सुधार गर्दै सुदृढ बनाउने दायित्व सबैको भएको स्पष्ट पार्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल