alliance khabar

बिहिबार, माघ १५, २०८२

सुर्खेत, माघ १५ गते ।

४० वर्षीय रमेश परियार मुलुकमा चरम भ्रष्टाचार मौलाउनुको मुख्य कारण राजनीतीकरणलाई मान्नुहुन्छ । दलीय व्यवस्थाकै कारण भ्रष्टाचार बढेको बताउने उहाँ सुशासनको एजेन्डा बोकेर आफैँ चुनावी मैदानमा होमिनुभएको छ । उहाँ सुर्खेतको निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

दलीय व्यवस्थाले भ्रष्टाचार झाँगिएको भन्दै उहाँले स्वतन्त्र रूपमा देश र जनताको अपेक्षा अनुरूप काम गर्ने सङ्कल्पसहित उम्मेदवार बनेको दाबी गर्नुभयो । खाना, नाना र छानाको सवाललाई समेट्ने योजना आफूले निर्माण गरेको उहाँले सुनाउनुभयो । आमनागरिकका समस्यालाई मसिनो ढङ्गले केलाउने तथा समाधान हुने खालका चुनावी एजेन्डा बोकेर जनतामाझ जान खोजिरहेको परियारको भनाइ छ । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग व्यवसाय जस्ता सवाल आफ्नो प्राथमिकतामा पर्ने परियार बताउनुहुन्छ ।

रमेश जस्तै सुर्खेतको क्षेत्र नं. २ बाटै उदिराम चुनारा पनि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । अहिले मतदाता भेटघाट र आफ्नो एजेन्डा निर्माणलगायतका काममा लागिरहेको उहाँले सुनाउनुभयो । एक व्यक्ति एक समस्या पहिचान गर्ने गरी घर घर तथा गाउँ गाउँमा भेटघाटका कार्यक्रम राखिएको भन्दै उहाँले दलीय स्वार्थभन्दा माथि उठेर जनताको हितमा हुने खालका योजना आफूले निर्माण गरेको दाबी गर्नुभयो । पश्चिम सुर्खेतको विकासका लागि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।

सुर्खेतकै निर्वाचन क्षेत्र नं. २ बाट युवापुस्ताका कृष्ण खत्री पनि स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । राजनीतिसहित राज्यका सबै निकायमा युवापुस्ताको प्रतिनिधित्व हुनुपर्ने भन्दै उहाँले प्रतिनिधि सभाको चुनाव लड्ने निर्णय लिनुभएको हो । खत्रीको चुनावी एजेन्डामा प्रविधिलाई विशेष जोड दिएको देखिन्छ । प्रविधिको उपयोगले नै समृद्ध मुलुक बनाउन सकिने उहाँको विश्वास छ ।

सुर्खेतमा कृष्ण, रमेश र उदिराम जस्तै आसन्न प्रतिनिधि सभा निर्वाचनमा देशभर नै स्वतन्त्र उम्मेदवारको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । प्रदेशगत रूपमा पनि मधेशमै सबैभन्दा धेरै ५५४ जना चुनावी मैदानमा छन् भने कर्णालीमा सबैभन्दा कम १२ जना मात्र स्वतन्त्र उम्मेदवार दर्ता भएका छन् । १६५ क्षेत्रमध्ये २७ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको छैन । यस पटक ३८८ महिला उम्मेदवार बन्दा स्वतन्त्र १५७ जना छन् । स्वतन्त्र उम्मेदवारी दिनेमा पार्टीबाट टिकट नपाएकादेखि व्यवसायी, कानुनविद्, प्राध्यापक, पत्रकार तथा जेनजीसम्म छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल