alliance khabar

शुक्रबार, माघ १६, २०८२

धनकुटा , माघ १६ गते।

नेपाल ज्योतिष परिषद् धनकुटाको छैटौं अधिवेशनले सरोज घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

परिषद् उपाध्यक्षमा कुलप्रसाद तिम्सिना र जयबहादुर तामाङ, सचिव पेशल दाहाल, सहसचिव सौरभ पोख्रेल, कोषाध्यक्ष सृजना अधिकारी रहनुभएको छ ।

सदस्यहरुमा दीपक दाहाल, सञ्जीव पोख्रेल र सुदर्शन घिमिरे रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा परिषद् कोशी प्रदेशका सचिव कमल निरौलाले पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो ।

परिषद्ले ज्योतिषीय पद्धति र समाजनमा देखिएका समस्या समाधान गर्न आधिकारिक इजाजतपत्र लिएर काम गरिने जनाइएको छ । ज्योतिष परिषद् कोशी प्रदेशका सदस्य अम्बिकाप्रसाद अधिकारीले ज्योतिष परिषद् धनकुटाका लागि भवन निर्माणका गर्न धनकुटा नगरपालिका–४ अधिकारी टोलमा आवश्यक पर्ने तीन आना जग्गा नि:शुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल