काठमाडौँ, भदौ ६ गते । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका […]
ताप्लेजुङ, साउन ३१ गते। मधेश प्रदेशको चर्चित सलहेस युवा क्लब सिराहाले शनिबार सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चर्च ब्वाइज क्लब ललितपुरलाई २–० गोलले पराजित गर्दै सलहेसले उपाधि जितेको हो। उपाधि जितसँगै सलहेसले सात लाख दुई हजार ८२ रुपियाँ नगद राशिको पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ। सलहेसको […]
काठमाडौँ, साउन १२ गते । १०औँ एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि-४) मा सहभागी हुन पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली मङ्गलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगस्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगस्ट १ तारिखमा हुनेछ । पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न […]
काठमाडौँ, साउन १२ गते । विश्वकप टेबल टेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप नेपालमा हुने भएको छ । अखिल नेपाल टेबल टेनिस सङ्घको आयोजनामा बुधबार र बिहीबार छनोट खेल हुन लागेको हो । एसियन टेबल टेनिस युनियनको वार्षिक कार्यक्रमअनुसार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा नेपालसहित, भारत, श्रीलङ्का, बङ्गलादेश र माल्दिभ्सको सहभागिता रहनेछ । […]
काठमाडौं, साउन ८ गते । खेलकुदको क्षेत्रलाई डोपिङविहीन बनाउन नेपाल र भारतबीच ऐतिहासिक सहकार्यको थालनी भएको छ। नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) को केन्द्रीय कार्यालयमा सम्पन्न उच्चस्तरीय संवादमा नाडा नेपालका प्रमुख डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक आनन्द कुमारबीच क्षेत्रीय एजेन्सीहरूको भूमिकालगायत साझा चुनौती, अनुभव र भविष्यका सहकार्यबारे गहन छलफल भयो। […]
धम्बोझी, असार ३२ गते । लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले नेपालगन्ज रंगशाला परिसरको संचरना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनुभएको छ । साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्ज रंगशाला निरिक्षण गर्ने क्रममा मन्त्री अग्रवालले खेलकुद संरचना मर्मत र संरक्षणमा प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गर्ने बताउनुभयो । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका कामहरू बन्नेछन भने नयाँ काम सुरु गर्ने अवसर पनि मिल्नेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा कामहरू पुरा हुने र नयाँ जिम्मेवारी पाइने सम्भावना छ । परोपकारी कार्यमा रुचि जाग्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत […]
काठमाडौँ, असार ८ गते । गिद्धे प्रेसले पत्रकार, अनुवादक दुई व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार तथा अनुवादक श्याम प्रधानलाई अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार र पत्रकार बिपी कोइरालालाई सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा जन्मनुभएका संस्कृतिविद्, शताब्दी पुरुष […]
काठमाडौँ, असार ८ गते । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ । सङ्घीय संसद् सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री […]
काठमाडौँ, असार ३ गते । काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका […]