आइसिसी विश्वकप लिग–२ : नेपाल क्यानडासँग पराजित

काठमाडौँ, असोज १ गते । नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ । क्यानडाको किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउन्डमा गए राति सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको भारी अन्तरले पराजित भएको हो । खराब ‘ब्याटिङ’ गरेको नेपाल क्यानडासँग एकदिवसीय खेलमा पहिलोपटक पराजित भएको हो । यसअघि […]

सञ्चालन भएन विषादी परीक्षण केन्द्र

वालिङ, भदौ २१ गते । स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी परीक्षण केन्द्र प्रयोगमा आउन सकेको छैन । गण्डकी प्रदेशमा भित्रिने कृषि उपज तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्न प्रदेशको सिमानामा सात वर्षअगाडि विषादी परीक्षण केन्द्र खोलिएको थियो । गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्टराईले कर्मचारीको अभावमा सात वर्षसम्म पनि केन्द्र सञ्चालनमा आउन नसकेको बताउनुभयो । आफूहरू निर्वाचित भएपछि […]

मोरङले जित्यो ताप्लेजुङ गोल्डकप उपाधि

ताप्लेजुङ, भदौ १० गते । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सगरमाथा युथ क्लब मोरङले जितेको छ । सोमबार भएको फाइनलमा सलहेश युवा क्लब सिराहालाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधि जितको हो । उपाधि रक्षाका लागि खेल सुरु भएको तीन मिनेटमा मोरङका विजय भुजेलले गोल गर्नुभएको थियो । ताप्लेजुङ गोल्डकपको उपाधि हात […]

तेस्रो महिला फुटबल प्रतियोगिता सुरु

म्याग्दी, भदौ ८ गते । न्यु दोभान युवा क्लबको आयोजनामा आयोजित तेस्रो दोभान कप अन्तर माध्यमिक विद्यालय फुटबल प्रतियोगिता–२०८१ सुरु भएको छ । शनिबारदेखि बेनी बजारको खुलामञ्चमा आयोजित प्रतियोगिताको पहिलो खेलमा बेनी बजारको न्यु वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयबिच उद्घाटन खेल भएको छ । प्रतियोगितामा देशभरबाट सहभागिता जनाउन पाइने भए […]

स्थानीयको पीडा : कमलावारि बस्ती, पारि खेत

लहान, भदौ ४ गते । मधेशको जीवनरेखा भनिएर चिनिएको हुलाकी सडकमा पर्ने कमला नदीको पुल भासिएको तीन वर्षभन्दा बढी भएको छ । पुल निर्माण सम्पन्न भएर उद्घाटन हुने तिथि तोकिने समयमा पुल भासिएपछि स्थानीयले देखेका सुन्दर सपना चकनाचुर भयो । कमला नदीको वारि सिराहामा पूर्वतिर बस्ने बस्ती र पारि पश्चिम धनुषा जिल्लामा खेत रहेका किसानका व्यथा पीडादायी […]

एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान

काठमाडौँ, साउन ३० गते । काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४ मा सहभागी नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई बुधबार सम्मान गरिएको छ । प्रधान कार्यालयमा आयोजित कार्यक्रमबिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहनुभएको […]

काभा महिला भलिबलको फाइनल हेर्न प्रधानमन्त्री जाने

काठमाडौं साउन २३ गते । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एसाेसिएसन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न जानुहुने भएको छ । उक्त प्रतियोगिता अन्तर्गत नेपाल र भारतबीच हुने फाइनल खेलको समापनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको हो । नेपाल र भारतको फाइनल खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय […]

भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप

फुङ्लिङ (ताप्लेजुङ),  साउन ३ गते :  जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले  रु तीन लाख […]

क्यानले पायो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

काठमाडौँ, साउन २ गते। नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो। बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको हो। क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्साउने उल्लेख गरेको छ। क्यानले यो अवार्डका […]

ताप्लेजुङ गोल्डकप भदौ ३ देखि

ताप्लेजुङ, असार २९ गते ।  यसवर्षको ताप्लेजुङ गोल्डकप–२०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता सदरमुकाम फुङ्लिङमा सञ्चालन हुने छ । शुक्रबार बसेको समितिको बैठकले गोल्डकप आयोजना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल