alliance khabar

बिहिबार, माघ २९, २०८२

बिर्तामोड, माघ २९ गते ।

झापाको बिर्तामोडमा जारी सातौँ झापा गोल्डकमा मच्छिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ ।

मलेसियालाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो ।

दोस्रो हाफको अधिकांश समय बल पोजिसन राखेपनि मलेसियाले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट घर फर्किएको छ ।

मच्छिन्द्रले १९औँ मिनेटमा अग्रता लियो । डिबक्समा विपक्षी डिफेन्डरले क्लियर गर्न नसकेको बललाई मच्छिन्द्रका सनिश श्रेष्ठले गोलमा परिणत गर्नुभएको थियो । गोलकिपरको हातबाट फुत्किएको बलले मलेसियाका खेलाडीलाई टच हुँदै गोल भएको थियो ।

मच्छिन्द्रले दोस्रो गोल ८०औँ मिनेटमा लगायो । मछिन्द्रका लागि विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गर्नुभयो । मलेसियाका डिफेन्डर मार्टिन डामिलोलेको खुट्टाबाट फुत्किएको बललाई जोरिल्लाले चिप गर्दै गोल गर्नुभएको हो ।

मलेसियाका लागि एक मात्र गोल खेलको ६०औँ मिनेटमा जोन जिडेइनाले फर्काउनुभयो । मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठको हातबाट फुत्किएको बललाई उहाँलेले गोलमा परिणत गर्नुभएको हो ।

प्लेयर अफ दि म्याच मच्छिन्द्रका जोनाथन जोरिल्ला घोषित हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । शुक्रबारको पहिलो सेमिफाइन खेल झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबिच हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल