बुढीगण्डकी नदीमा दुई जलविद्युत आयोजना निर्माण

सुलीकोट, पुस ११ गते ।  गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाईड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढी गण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना विकास गर्न लागेको हो । यो आयोजनाबाट कुल ३२९.४ मेगाबाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ । जसले राष्ट्रिय विद्युत […]

जन्मसँगै सिकलसेल परीक्षण

जमुनाह (बाँके), पुस ११ गते । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या […]

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौँ, पुस ११ गते ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभएको छ । उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिकको गरिमालाई अक्षुण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार, सामाजिक सुरक्षा, सामुदायिक सहारा र मानसिक स्वास्थ्यमा ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभएको छ । “परिवारमा उहाँहरूको उपस्थितिलाई मूल स्तम्भका रूपमा सम्मान गर्नु हाम्रो संस्कृतिको […]

शम्भु-निर्मला विशिष्ट साधक सम्मान प्रा. डा.वासुदेव त्रिपाठी र मीरा राणालाई

काठमाडौँ, पुस १० गते।  शम्भु-निर्मला विशिष्ट साधक सम्मान–२०८२ बाट महासमालोचक प्रा. डा.वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनुभएको छ । वरिष्ठ गायक शम्भु कुमार मिलनको ५औँ वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भु निर्मला कला साहित्य समाजद्वारा  काठमाडौँमा आयोजित समारोहमा साहित्य तर्फबाट महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठी र संगीत तर्फबाट वरिष्ठ गायिका मीरा राणालाई शम्भु निर्मला विशिष्ट […]

आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा

काठमाडौँ, पुस १० गते।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नुभएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले यस्तो घोषणा गर्नुभएको हो। ‘हिजो पुस ९ गते झापा थिएँ, को उम्मेदवार बन्ने हो दाबी गरेर अगाडि आउनुस् भनेर आफ्नो क्षेत्रका साथीहरूलाई क्षेत्रीय भेलामैं भनेको छु’, उहाँले भन्नुभयो, ‘एकवर्ष अघि ०८१ पुस […]

‘हामीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता कहिले ?’

काठमाडौँ, पुस १० गते । सामाजिक सुरक्षा कोषमा आबद्ध हुन चाहनेको सङ्ख्या बढ्दो छ तर सबैले चाहे अनुसार कोषमा आबद्धता हुन सकेको छैन । त्यस्तै समस्याको जानकारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले रोचक तरिकाले सुनाउनुभयो । उहाँले सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा आउँदै गर्दा आफ्नै चालकले सोधेको प्रश्नको उत्तर दिन नसकेर लज्जित हुनु परेको कुरा […]

‘क्रिसमस डे’ राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सहयोग पुग्ने : राष्ट्रपति

काठमाडौँ, पुस १० गते ।  राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ । बिहीबार क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो । उहाँले यस्ता पर्वहरूको माध्यमबाट विविध साँस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबिच […]

बाघ गणना सुरु

बबई (बर्दिया), पुस १० गते ।  बाघ संरक्षणका लागि उर्वर भूमि मानिने बर्दियासहित बाँके र दाङमा बुधबारदेखि बाघ गणना सुरु गरिएको छ । पाँच वर्षअघि गरिएको गणनापछि पुनः बाघको यकिन सङ्ख्या पत्ता लगाउन राष्ट्रियस्तरको बाघ गणना अभियान थालिएको हो । २०७८ सालको गणना अनुसार बर्दियामा मात्र १२५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । […]

महत्व बढ्दै शालिग्राम सङ्ग्रहालयको

बागलुङ, पुस १० गते । भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो  । पोखरा पर्यटन परिषद्को अगुवाइमा उहाँसँगै भ्रमणमा आउनुभएका ट्राभल एजेन्सीका अगुवा अनिरुद्र रावतले त पोखरा आउँदा […]

थारु कल्याणकारिणी सभामा चार जना केन्द्रीय सदस्य मनोनित

दाङ, पुस १० गते । थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारु कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा अधिवक्ता हल्लु प्रसाद चौधरी (दाङ–देउखुरी), फोनिराम […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल