दाङ, फागुन १ गते । मोबाइल, इन्टरनेट, भिडियो गेम र आधुनिक खेलकुदको आकर्षणसँगै थारू समुदायको परम्परागत खेलहरू हराउँदै गएका छन् । मौसम अनुसार थारू समुदायको आफ्नै विशिष्ट पहिचानका खेलहरू रहेका छन् । तर पछिल्लो समय थारू समुदायका मौलिक खेलहरू तीव्र रूपमा हराउँदै गएको स्थानीयहरू बताउँछन् । समयसँगै जीवनशैली, परिवेश र भूगोल बदलिँदै जाँदा खेलकुदका धेरै […]
फुङलिङ, फागुन १ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा १८ लाख बढी भेटी सङ्कलन भएको छ । माघ महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको भेटी रकम सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार माघ महिनामा भक्तजनहरूले १८ लाख ४७ हजार ५०० रुपियाँ भेटी पाथीभरा […]
काठमाडौँ, फागुन १ गते । सुनको मूल्य अस्वाभाविक रूपमा बढेपछि नयाँसडकलगायतका सुनचाँदी पसल सुनसान बनेका छन् । माघ, फागुन महिनामा बिहेको लगन हुन्छ । विगतका वर्ष यसबेला सुन पसलमा गहना खरिद गर्ने ग्राहकको भिड लाग्ने गर्थ्यो । व्यापार पनि अन्य सिजनको तुलनामा दोब्बरले बढी हुने गर्थ्यो । अहिले भने अधिकांश सुनचाँदी पसल सुनसान छन् । […]
बिर्तामोड, माघ २९ गते । झापाको बिर्तामोडमा जारी सातौँ झापा गोल्डकमा मच्छिन्द्र फुटबल क्लब मलेसियाको एन पेनाङ फुटबल क्लबसामु कठिन जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ । मलेसियालाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबसँगको भेट पक्का गरेको छ । सुरुवाती अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा भने मलेसियाको दबाब सामना गरेको थियो […]
हेटौँडा, माघ २९ गते । विश्व शान्तिको कामना गर्दै पदयात्रामा निस्कनुभएको बौद्ध भिक्षुको टोली बिहीबार हेटौँडा आइपुगेको छ । २३ जना बौद्ध भिक्षुसहितको टोलीलाई हेटौँडाको कर्रा चोकमा नेपाल मगर बौद्ध सेवा समाज मकवानपुर र हेटौँडा प्रज्ञा महाविहारसहित स्थानीयवासीले स्वागत गरेका छन् । थाइल्यान्डको वाट थाम्पाइ विहारका प्रमुख भिक्षु आचान सुफित रम्क्षीत धम्मोको नेतृत्वमा रहेको सो […]
काठमाडौँ, माघ २९ गते । कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग हार खेपेको छ । मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भयो । लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन […]
काठमाडौँ, माघ २९ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो […]
काठमाडौँ, माघ २९ गते । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएपछि नेपाल दबाबमा परेको हो । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने […]
बबई (बर्दिया), माघ २९ गते । बर्दिया जिल्लामा निर्वाचनलक्षित योजना अन्तर्गत संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । यही फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने मिति नजिकिँदै गर्दा यस जिल्लामा पनि संयुक्त सुरक्षा गस्ती सुरु गरिएको हो । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितको सुरक्षा गस्ती सुरु गरिएको […]
चन्द्रपुर (रौतहट), माघ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बुधबार रौतहट आइपुग्नुभएको छ । चुनावी माहोल तताउन र पार्टी उम्मेदवारको मनोबल उच्च राख्न शाह मधेशका जिल्लामा आउनुभएको हो । बुधबार सर्लाही हुँदै रौतहट आएका शाहले विभिन्न स्थानमा ‘रोड सो’ गर्नुभएको राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट सभापति प्रदीप साहले जानकारी दिनुभयो । सर्लाहीबाट […]