इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण

काठमाडौँ, मङ्सिर ११ गते ।  शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमबार सन्दरीजलस्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ । इजरायल र नेपालबिचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न उहाँले सङ्ग्रहालयको भ्रमण गर्नुभएको हो । यहाँस्थित […]

संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौँ, मङ्सिर ११ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ। सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आएपछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर […]

सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिनेछ : प्रधानमन्त्री

काठमाडौं, मङ्सिर ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गर्नुभएको छ । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मङ्गलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत […]

नेपालका श्रमिकहरू आउटसोर्सिङका कारण सेवासुविधाबाट वञ्चित

काठमाडौँ, मंसिर १० गते। नेपालका प्रमुख ठूला ट्रेड युनियनमहासंघहरूको साझा संस्था संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसीले) ,नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष तथा जेटीयुसिसीका अध्यक्ष योगेन्द्र कुमार कुँवरको अध्यक्षतामा, जमलस्थित राष्ट्रिय नाचघरको सभा हलमा राष्ट्रिय भेला सम्पन्न गरेको छ। भेलामा आउटसोर्स श्रमिकका समस्या ,योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र श्रम बजारका समसामयिक विषयहरूमा छलफल भएको […]

अर्गानिक तरकारी फलाउने किसान निराश

बैतडी, मङ्सिर १० गते  ।  भारतलगायत नेपालकै बाहिरी जिल्लाबाट भित्रिने तरकारीसँग गाउँको जैविक (अर्गानिक) मल हालेर फलाइएका तरकारीले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा बबेत गाउँका किसान निराश बनेका छन् । बाहिरी जिल्लाबाट भित्रिने टमाटरलगायतका तरकारी लामो समयसम्म नबिग्रने भन्दै  बिचौलियाले स्थानीय तरकारीको उचित मूल्य नदिएको किसानले गुनासो गरेका हुन् । दशरथ चन्द नगरपालिका–४, बबेत गाउँकी विमला वडले जैविक […]

गोलभेँडालाई राम्रो मूल्य

सर्लाही, मङ्सिर १० गते । सर्लाहीका बजारमा स्थानीय किसानले उत्पादन गरेको गोलभेँडा भित्रिन थालेको छ । यस वर्ष गत असोज दोस्रो साताको भारी वर्षाका कारण गोलभेँडा फल्न ढिलो भएकाले ढिलो मात्र नयाँ उत्पादन आएको हो । अविरल वर्षाबाट गोलभेँडाको बोट जोगाउन सफल भएका किसानले भने अहिले बजारमा धमाधम बेच्न थालेका हुन् । बजारमा थोरै परिमाणमा […]

१९ वर्षीय छोराले गरे चक्कु प्रहार गरी बुवाको हत्या

रुकुमपश्चिम, मङ्सिर १० गते । रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आइतबार बेलुका वीर बहादुरले बुवाको पेटमा चक्कु प्रहार गरेर हत्या गरेका हुन् । बुवाको हत्यापछि […]

अमेरिकामा देउडाको बीजारोपण

नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ । विकासक्रम र परिवर्तनसँग अब देउडा गीत र देउडा संस्कृति केवल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र सीमित रहेन । काली कर्णाली विकास क्षेत्रका हजारौँ मानिस कामको खोजीमा छिमेकी राष्ट्र भारतमा जाने गर्छन् । जहाँ जहाँ बसेका छन् तिनै ठाउँमा देउडा गीत गाउने, कार्यक्रम […]

गिद्ध पर्यटनको ‘हब’ बन्दै नवलपुर

नवलपुर, मङ्सिर १० गते ।  जङ्गलको बिचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ । मचानमा देशी र विदेशी पर्यटक खचाखच छन् । जसले फोटो र भिडियो खिच्नका लागि अत्याधुनिक क्यामरालाई तयारी अवस्थामा राखेका छन् । जब हेरालु यामबहादुर नेपालीले मरेको गाईलाई डोरीले बाँधेर मोटरसाइकलमा घिसार्दै […]

२०८१ मंसिर १० गते – 25, Nov, 2024, सोमवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आफूलाई अरुभन्दा फरक साबित गर्न प्रयास गर्ने दिन हो, मनोद्वेग र रिसराग बढ्ने समय भएकाले घरव्यवहारमा आफूलाई संयमित ढंगले प्रस्तुत गनुपर्छ, तर्क वा बहसमा विजय प्राप्त हुनेछ । व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल