alliance khabar

सोमबार, माघ ०७, २०८१

मलेखु (धादिङ), माघ ७ गते ।

मौलिक लोकसंस्कृतिको प्रवर्धन गर्न माघ १० देखि २० गतेसम्म धादिङमा पहिलो पटक लोकसांस्कृतिक महोत्सव आयोजना हुने भएको छ । जिल्लाको परम्परागत मौलिक लोकसंस्कृतिको प्रवर्धन, सांस्कृतिक पहिचानको प्रवर्धन र परम्पराको जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको महोत्सव मूल आयोजक समितिका संयोजक दीपक कोइरालाले जानकारी दिनुभयो ।

कलाकारको प्रतिभा, विभिन्न जातजातिको परम्परागत संस्कृति र सांस्कृतिक पहिचानको प्रवर्धन र आन्तरिक पर्यटन प्रवर्धन गर्न महोत्सवले सहयोग पुग्ने अपेक्षा लिइएको उहाँले बताउनुभयो । मौलिक लोकसंस्कृति, लोकदोहोरी, मेन्दोमाया, कौरा, चुड्का, घाटु, बालन, ठाडो भाकादेखि खैँजडी भजन, नौमती र झ्याउरे गीतलगायत प्रचलित सांस्कृतिक पहिचान र प्रतिभा हेर्न पाइने छ ।

महोत्सवबाट जुट्ने आर्थिक स्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारलाई अप्ठ्यारो परेका बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङमार्फत परिचालन हुने गरी ‘कलाकार कल्याणकारी कोष’ स्थापना गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र सामुदायिक सञ्चार तथा विकास केन्द्रले आयोजना गरेको महोत्सवमा अन्तरपालिका लोकदोहोरी प्रतियोगिता प्रमुख आकर्षण बन्ने छ । मौलिक र जातीय पहिचान झल्काउने खानालाई पनि प्राथमिकतामा राखिएको प्रतिष्ठानका अध्यक्ष कमला गैरेले जानकारी दिनुभयो । एक सय वटा स्टल राखिने महोत्सवबाट  तीन करोड बराबरको आर्थिक कारोबार हुने र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने आकलन गरिएको छ । ‘लोकसंस्कृति प्रवर्धनको सार पहिचान, पर्यटन र समृद्धिको मूल आधार’ भन्ने नारासहित महोत्सव हुन लागेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल