alliance khabar

आइतबार, माघ ०६, २०८१

जाजरकोट, माघ ६ गते ।

यहाँको छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले आफूले पाउने सेवा सुविधा गरिब, विपन्न आर्थिक अवस्था कमजोर भएका बालबालिकाको पढाइ खर्चमा लगाउनुभएको छ । स्थानीय तहको निर्वाचनमा छेडागाड नगरपालिकाको प्रमुखको जिम्मेवारीमा आएपछि  पदभार ग्रहणका क्रममा घोषणा गरे अनुसार आफूले पाउने सेवासुविधा विपन्न र जेहेनदार बालबालिकाको पढाइमा खर्च गर्नुभएको हो ।

खड्काले नगरपालिकाका प्रमुखले पाउने सेवा सुविधा छेडागाड नगरपालिका–५, थलह बजारस्थित ग्लोबन आइएमई बैङ्कमा बालहित कोष स्थापना गरी जम्मा गर्नुभएको छ । कोषमा २०७९ जेठदेखि हालसम्मको प्रमुखले पाउने पारिश्रमिक करिब नौ लाख दुई हजार ८८० रुपियाँ जम्मा भएको र नगरपालिकाभित्रका गरिब, विपन्न जेहेनदार, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई उच्च शिक्षा पढाइमा अवस्था अनुसार सहयोग गरिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बालहित कोषबाट चार जना बालबालिकाले उच्च शिक्षा अध्ययन गरेका छन् । आफूले पाउने सेवासुविधा नलिई नगरपालिकाभित्रका बालबालिकालाई लगानी गर्न पाउँदा खुसी भएको जनाउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल