alliance khabar

आइतबार, माघ ०६, २०८१

भैरहवा, माघ ६ गते ।

 लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्ने भएको छ । पाँचौँ अधिवेशनको तेस्रो बैठक आइतबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयो । यसअघि प्रदेश सभाको दोस्रो बैठक पुस १७ गते बसेको थियो । दोस्रो बैठकले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सन्देशसहित फिर्ता पठाएका प्रदेश निजामती कर्मचारीसम्बन्धी प्रदेश निजामती सेवा ऐन, (२०८० लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हुबहु पारित गरेको थियो ।

पारित दुवै विधेयक सभामुख तुलाराम घर्तीले प्रमाणित गरेर पुनः पुस १९ गते नै प्रदेश प्रमुखसमक्ष पठाउनुभएको थियो । प्रदेश प्रमुख घर्तीले पुस २७ र २८ गते प्रमाणीकरण गरेपछि प्रदेश सभाको तेस्रो बैठक बस्न थालेको हो । प्रदेश सभाको आइतबार बसेको तेस्रो बैठकमा प्रदेश सरकारको पुस ६ गते बसेको मन्त्रीपरिषद्को बैठकबाट स्वीकृत भई कार्यान्वयनमा रहेको लैङ्गिक समानता नीति २०८१ बारे जानकारी दिने र दोस्रो बैठकमा छलफलका लागि पेस भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभाका सचिव पुनले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल