alliance khabar

आइतबार, माघ १३, २०८१

तुलसीपुर, माघ १३ गते ।

तुलसीपुरमा रहेको एनएमबी बैङ्कको शाखामा चोरी गर्न  गएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार  बिहान दुई बजेतिर  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ क लाइनमा रहेको बैङ्कमा चोरी भइरहेको सूचना पाएपछि प्रहरी पुगेको थियो ।

इलाका प्रहरी कार्यालय  प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विनोदराज खत्रीको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार तुलसीपुर १८ दुधरास का २७ वर्षका सन्तोष चौधरी बैङ्कको च्यानल गेटको ताला तोडेर भित्र प्रवेश गरेकै अवस्थामा पक्राउ गरिएको हो । सोही क्रममा उनलाई प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

चौधरीको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेड लगायतका  चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ। साथै निज चौधरी  सवार रा ५ प ९७९ नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल