गुणस्तरहीन औषधी बिक्रीबारे अनुसन्धान गर्दै औषधी व्यवस्था विभाग

काठमाडौँ, भदौ १६ गते ।  औषधी व्यवस्था विभागले गुणस्तरहीन औषधी आयात गरी विक्रीवितरण गर्ने सफल स्वास्थ्य सेवा कम्पनीमाथि अनुसन्धान अघि बढाएको छ । विभागले फार्मेसी अधिकृत सुपुष्प लामालाई छानविन गरी अनुसन्धान अघि बढाउन जिम्मेवारी दिएको छ । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा प्रतिबन्धित औषधी सफल स्वास्थ्य सेवाले बिक्री गरेको पाइएको जानकारी दिँदै थप […]

धुमधामसँग गौरा

काठमाडौँ, भदौ १६ गते । काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर बसोबास गर्दै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले धुमधामका साथ आइतबार गौरा पर्व मनाएका छन् । प्रशंसा संरक्षण समूहले टुँडिखेलमा आयोजना गरेको गौरा मेलामा भेला भएका हजारौँ सुदूर र कर्णालीका बासिन्दाले त्यहाँको कला तथा सांस्कृतिक नृत्यसहित गौरा नाच र देउडा खेलेर यो पर्व मनाएका हुन् । गौरा […]

आजको मौसम : अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह

काठमाडौँ, भदौ १६ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ । हाल मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । […]

मुसिकोटे पोषिलो आटो बजारमा

रेसुङ्गा(गुल्मी), भदौ १६ गते । गुल्मीको मुसिकोट नगरपालिका–३ कोे साना किसान कृषि सहकारी संस्थाले पहाडी भेगमा उत्पादन हुने पोषिलो मकैको आटो औपचारिक रुपमा बजारिकरण गरेको छ । आटो बजारिकरणको शुभारम्भ मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले गर्नुभयो । सोही अवसरमा बोल्दै खरेलले स्थानीय उपजमा आधारित उद्योग र उद्यम व्यावसाय नगरको प्राथमिकतामा रहेको बताउँदै मकैपछि […]

प्रधानमन्त्री ओलीले शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुँदै

थियानजिन (चीन),भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ । चीनको थियानजिनस्थित चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सोमबारबाट सुरु भएको सम्मेलनमा प्रधानमन्त्री ओलीसहित सहभागी मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधनको क्रम हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सम्मेलनमा भाग लिन प्रधानमन्त्री […]

गैरकानुनी विदेश यात्रा : छैन राहत, परिवारलाई हुँदै छ आहत

बागलुङ, भदौ १५ गते ।  जिल्लाको गलकोटका एक युवती गैरकानुनी रूपमा विदेश जाँदा हिंसामा परिन् । ती महिला पर्यटक भिसामा ओमान गएकी थिइन् । गैरकानुनी रूपमा घरेलु कामदार बस्दा हिंसामा परेर ती महिलाले धेरै दुःख पाइन् । हिंसाका कारण ज्यानै जोखिममा पारेकी ती महिलालाई सकुशल नेपाल फर्काउन त सकियो तर राहत, बिमा रकम र अन्य सेवा भने पाउन […]

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती, भदौ १५  गते ।  बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दै छ ।  बैठकमा प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । विषयगत समितिमा छलफलका क्रममा रहेको सो विधेयक समितिबाट टुङ्गिएर आएपछि प्रदेशसभा बैठकमा पेस हुने सम्भावित […]

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

घोराही, भदौ १५ गते ।  लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा भदौको १४ गते शनिबार उहाँको निधन भएको थियो । रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । पुन लुम्बिनी […]

सदभाव प्रगाढ बनाउन गौराको महत्वपूर्ण भूमिका : प्रदेश प्रमुख मियाँ

धनगढी, भदौ १५ गते । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजीर मियाँले यस प्रदेशमा विशेष महत्वका साथ परापूर्वकालदेखि मनाउँदै आएको गौरा पर्वले आपसी प्रेम, सदभावलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । गौरा पर्वको अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्य दीर्घायुको शुकामना दिनुहुँदै उहाँले यस्तो बताउनुभएको […]

नियामक निकायको कमजोरी : मदन भण्डारी राजमार्ग अलपत्र

रेसुङ्गा (गुल्मी), भदौ १५ गते । मदन भण्डारी राजमार्ग अन्तर्गतको सिमलटारी–मच्छी खण्डको काम अलपत्र परेको छ । गुल्मी पश्चिमको सिमलटारीदेखि प्युठानको मच्छीसम्मको ३१ किलोमिटर सडकमध्ये सौतामारेसम्मको १६ किलोमिटर गुल्मीमा पर्छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका इन्जिनियर प्रभात तिवारीले ३३ महिनाको सम्झौताभित्र निर्माण व्यवसायीले जम्मा २६ प्रतिशत भौतिक र २३ प्रतिशत आर्थिक प्रगति गरेको जानकारी दिनुभयो । राजमार्ग […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल