सिडोआरजो (इन्डोनेसिया), असोज १५ गते । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् । स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि […]
वासिङ्टन, असोज १५ गते । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई […]
वासिङ्टन, असोज १४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । यस असामान्य भेलाको कुनै औपचारिक कारण सार्वजनिक गरिएको छैन । अमेरिकी सेनाले हाल देशभित्र र विदेशमा विवादहरूको सामना गरिरहेको छ । राष्ट्रपति ट्रम्पले दुई डेमोक्रेटिक सहरमा सेना तैनाथ गर्नुभएको […]
काराकस, असोज ९ गते । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ । भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ […]
दोधारा चाँदनी (कञ्चनपुर), असोज ९ गते । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल […]
काठमाडौँ, असोज ७ गते । विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबिचको भेटका क्रममा नेपालको हालको परिवर्तित […]
विराटनगर, असोज ७ गते । बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् । यद्यपि अहिलेसम्म निर्यात रोकेको भनेर बङ्गलादेशले भनिसकेको छैन तर, नेपालमा कच्चा जुट निर्यात गर्न कडाइ गरेपछि नेपालमा […]
काठमाडौँ, असोज ५ गते । रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । बुद्धिस्ट राष्ट्रबिच आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता नौ टिमका खेलाडीले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरेका छन् । प्रतियोगितामा आयोजक क्याल्मिकिया २०.५ अङ्कसहित पहिलो भएको छ । रसियाकै बुयाटिया टिमले […]
मनिला, असोज ५ गते । सांसद, अधिकारी र व्यवसायीहरू संलग्न भएको भनिएको बाढी नियन्त्रण परियोजनाको ठूलो घुसघोरी प्रकरणले आक्रोश बढेपछि आइतबार हजारौँ प्रदर्शनकारीहरू फिलिपिन्सको राजधानी मनिलामा सडकमा उत्रिएका छन् । हिंसा रोक्न प्रहरी र सेनालाई सतर्क पारिएको थियो । ऐतिहासिक मनिला पार्क र राजधानी क्षेत्रको इड्सा राजमार्ग नजिक लोकतन्त्र स्मारक वरिपरि छुट्टै प्रदर्शनस्थलहरूमा सुरक्षाका लागि […]
काठमाडौँ, असोज २ गते। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोन वार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबीचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका […]