काठमाडौँ, असोज २२ गते । संयुक्त अरब इमिरेट्स (युएई) ले आप्रवासीलाई भ्रमण भिसासम्बन्धी नयाँ नियम लागु गरेको छ । नयाँ नियम अनुसार युएईमा भ्रमण भिसामा जान चाहने परिवार, आफन्त वा साथीलाई प्रायोजन (स्पोन्सर) गर्न स्पोन्सरको आम्दानीको स्रोत मासिक चार हजारदेखि १५ हजार दिरामसम्म हुनुपर्ने प्रावधान लागु गरेको हो । नयाँ प्रावधान अनुसार युएई भ्रमणका लागि […]
धनगढी, असोज १७ गते । कर्याङकुरुङ सारस चरा भारततर्फ बसाइँ सर्न थालेका छन् । नेपाली आकाश हुँदै कर्याङकुरुङ बसाइँ सर्न थालेका हुन् । रसिया मङ्गोलियाबाट हजारौं किलोमिटर उडान भरेर यी प्रजातिका चरा भारततर्फ जानेगरेका छन् । नेपालको विभिन्न रुटहुँदै भारतको राजस्थान र गुजरातमा अस्थायी बसोबासका लागि जाने कर्याङकुरुङ त्यता करिब छ महिनासम्म बसोबास गर्नेगरेको जराविदहरुको भनाइ […]
फिलिपिन्स, असोज १६ गते । मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ। नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ। मध्य बिसायाका ५३ वटा गाउँमा बसोबास गर्ने ४७ […]
सिडोआरजो (इन्डोनेसिया), असोज १५ गते । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् । स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि […]
वासिङ्टन, असोज १५ गते । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो । दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई […]
वासिङ्टन, असोज १४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वासिङ्टन नजिकैको क्वान्टिकोमा बोलाइएका सयौँ वरिष्ठ अमेरिकी सैन्य अधिकारीहरूको दुर्लभ बैठकलाई सम्बोधन गर्ने हुनुभएको छ । यस असामान्य भेलाको कुनै औपचारिक कारण सार्वजनिक गरिएको छैन । अमेरिकी सेनाले हाल देशभित्र र विदेशमा विवादहरूको सामना गरिरहेको छ । राष्ट्रपति ट्रम्पले दुई डेमोक्रेटिक सहरमा सेना तैनाथ गर्नुभएको […]
काराकस, असोज ९ गते । उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेबाट १४ किलोमिटर टाढा, २७ किलोमिटर गहिराइमा थियो । यो क्षेत्र थोरै जनसङ्ख्या भएको मानिन्छ । भूकम्प राजधानी काराकसमा पनि महसुस गरिएको थियो । राजधानी काराकस केन्द्रविन्दुबाट छ […]
दोधारा चाँदनी (कञ्चनपुर), असोज ९ गते । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल […]
काठमाडौँ, असोज ७ गते । विकास साझेदारहरूले बदलिएको परिवेशमा नेपालको आर्थिक सुधार र विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग सोमबार फरक फरक समयमा भएको भेटका क्रममा नेपालस्थित विकास साझेदारका प्रतिनिधिले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । अर्थमन्त्री र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनबिचको भेटका क्रममा नेपालको हालको परिवर्तित […]
विराटनगर, असोज ७ गते । बङ्गलादेशबाट कच्चा जुट आयात गरी प्रशोधनपछि तयारी वस्तु भारतमा निर्यात गर्दै आएका नेपाली उद्योग सङ्कटमा परेका छन् । बङ्गलादेशले कच्चा जुटको निर्यातलाई अघोषित रूपमा प्रतिबन्ध लगाएपछि त्यसको मारमा नेपालका उद्योग परेका हुन् । यद्यपि अहिलेसम्म निर्यात रोकेको भनेर बङ्गलादेशले भनिसकेको छैन तर, नेपालमा कच्चा जुट निर्यात गर्न कडाइ गरेपछि नेपालमा […]