alliance khabar

शुक्रबार, जेठ ०८, २०८३

काठमाडौँ, जेठ ८  गते ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरुको कार्यविभाजनलाई अन्तिम रुप दिनेलगायत कार्यसूचीमा छलफल गर्न सो पार्टीको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।

यही जेठ  ५ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  प्रस्ताव गरेको नेताहरुको कार्यविभाजनलाई आज अन्तिम रुप दिने तयारी छ । एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ः३० बजे अध्यक्ष ओली निवास भक्तपुर, गुण्डुमा बस्न लागेको हो ।

अध्यक्ष ओलीको प्रस्तावमा नेताहरुको जिम्मेवारी हेराफेरी गर्ने प्रस्ताव आएमा त्यसमा छलफल गरेर अन्तिम रुप दिइने र त्यसलाई अन्तरपार्टी निर्देशन ९अपानि० मार्फत नेताहरुलाई पठाउने तयारी छ । गत मङ्सिर २७ देखि २९ मा भएको ११औँ महाधिवेशनपछि नेताहरुको अस्थायी कार्यविभाजन गरिएको थियो ।

यसपटकको कार्यविभाजनमा एमलेमा मुख्य मानिएका विभागमध्ये सचिव भानुभक्त ढकाललाई सङ्गठन, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल, विशाल भट्टराईलाई जनसङ्गठन र डा सूर्य पाठकलाई प्रचार तथा प्रकाशनको जिम्मेवारी प्रस्ताव गरिएको छ । उपाध्यक्ष तथा उपमहासचिवलाई विभागका समन्वय गर्ने र अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल