काठमाडौँ, पुस १७ गते। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गर्नुभएको छ। नेपाल मगर सङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले आफ्नो मौलिक संस्कार, संस्कृति र परम्पराको जगेर्ना गरी नयाँ पिँढीमा हस्तान्तरण गर्दै लैजानुपर्ने धारणा राख्नुभएको हो। सङ्घका अध्यक्ष ज्ञानेन्द्र पुनमगरको टोली प्रधानमन्त्री कार्कीलाई आउँदो माघेसङ्क्रान्तिमा आयोजना गरिने […]
माछापुच्छ्रे (कास्की), पुस १६ गते । राष्ट्रिय सभा सदस्यको चुनाव गराउन गण्डकी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । पोखराको पार्दीस्थित प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यलय आजदेखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेशमा रिक्त हुन लागेका दुई सदस्य पदका लागि माघ ११ गते निर्वाचन हुँदैछ । तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी […]
काठमाडौँ, पुस १५ गते । निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूची पेस गर्ने राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका छन् । आयोगले यही पुस १३ र […]
काठमाडौँ, पुस १४ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण, सुदृढीकरण तथा समाजवादको दिशामा अग्रसर हुने साझा उद्देश्यका साथ दुवै पार्टीबीच सहमति–पत्रमा हस्ताक्षर गरिएको हो। १० बुँदे सहमति–पत्रमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल […]
काठमाडौँ, पुस १३ गते । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा […]
काठमाडौँ, पुस १३ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता समावेश हुने भएका छन् । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरी सो विवरणको जानकारी दिएको हो । प्रकाशित अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार […]
काठमाडौँ, पुस १२ गते । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नु भयो, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौँ।’ बालुवाटार पुग्नुभएका कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष […]
जाजरकोट, पुस १२ गते । फागुन २१ गते सरकारले घोषण गरेको प्रतिनिधि सभा निर्वाचनका लागि छ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी जाजरकोटले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ६ जना, समानुपातिकतर्फ पाँच जना र राष्ट्रिय सभातर्फ दुई गरी १३ जना उम्मेदवारको नाम सिफारिस गरेको हो । सात वटा स्थानीय तहमा एकता सन्देश सभा […]
काठमाडौं, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त परराष्ट्र मन्त्री बालानन्द शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । उहाँले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ समारोहमा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक […]
काठमाडौँ, पुस ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ। नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा शुत्रबार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो। ‘चुनावमा भाग लिन […]