सुदूरपश्चिम प्रदेश सभा बैठक शुक्रबार बस्ने

धनगढी, जेठ ६ गते ।  बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक शुक्रबार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो ।  बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिनुभयो । यसअघि, […]

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, जेठ ६ गते । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री […]

संसदीय सुनुवाइ छिटो सक्न रास्वपा सांसदको माग

काठमाडौँ, जेठ ५ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अनावश्यक ढिलाइ नगरी वस्तुनिष्ठ र द्रुत गतिमा अघि बढाउन माग गरेका छन् । मङ्गलबार बसेको संसदीय सुनुवाइ समिति को बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी, सांसद डा. लेखजंग थापा र राजीव खत्रीले सुनुवाइ प्रक्रियालाई प्रभावकारी […]

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

काठमाडौँ, जेठ ४ गते ।  नेकपा (एमाले)को सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ । एमाले उपमहासचिव लेखराज भट्टले सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निजी निवास गुण्डुमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज भएको एउटै के हो भने महत्त्वपूर्ण निर्णय पूर्व राष्ट्रपतिको सदस्यता दिने […]

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

काठमाडौँ,  जेठ ३ गते ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृतिसभासहित विविध  कार्यक्रम गर्दैछ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ ।  अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठीे, वृक्षारोपण, […]

एमालेमा नेतृत्व परिवर्तनको बहस

काठमाडौँ, जेठ २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र यतिबेला नेतृत्व परिर्वतनबारे बहस चुलिएको छ । त्यसका लागि विशेष महाधिवेशनको माग उठेको छ । पार्टीको नेतृत्व शैली, निर्णय प्रक्रिया, सङ्गठन सञ्चालन र राजनीतिक कार्यदिशालाई लिएर असन्तुष्ट नेताले विशेष महाधिवेशनको माग गर्दै देशव्यापी रूपमा हस्ताक्षर अभियान थालेपछि एमालेभित्र नयाँ राजनीतिक तरङ्ग सिर्जना भएको हो । […]

कांग्रेस अनुशासन समिति पुनर्गठन

ललितपुर, जेठ १ गते ।   नेपाली कांग्रेसको अनुशासन समिति पुनर्गठन भएको छ । सभापति गगनकुमार थापाले पार्टीका केन्द्रीय सदस्य तारामान गुरुङको एवं संयोजकत्वमा रहेको समितिलाई पुनर्गठन गर्नुभएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्ण्प्रसाद दुलालका अनुसार समिति सदस्यमा केन्द्रीय सदस्यत्रय धना खतिवडा, रमेशप्रसाद धमला र बजरङ्ग नेपाली चयन हुनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ,जेठ १ गते । प्रमुख प्रतिपक्षसहितका प्रतिपक्षी दलको अवरोध र बहिष्कारबिच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ । प्रस्ताव निर्णयार्थ पेसका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री वालेन्द्र शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरुद्ध र बहिष्कार […]

कार्यविभाजनसहित मन्त्रीपरिषद् गठन

काठमाडौँ, जेठ १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रीको नियुक्ति र कार्यविभाजन गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार विज्ञप्ति जारी गर्दै गत चैत १३ गते गठित मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले कार्यविभाजन गरी मन्त्रीपरिषद् गठन गर्नुभएको हो । सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ वटा […]

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ, वैशाख २० गते । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ । सो पार्टीका प्रवक्ता मनिष झाका अनुसार आज बिहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, घण्टीघर, वनस्थलीमा बैठक बस्न लागेको हो । पार्टी सभापतिको निर्देशनअनुसार पार्टी सचिवालय बैठक बस्न लागेको हो । बैठकमा स्थानीय तह […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ