समुन्नत मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने

काठमाडौँ, फागुन २९ गते । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सामाजिक न्याय, समानतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ क्रियाशील हुनुपर्ने बताउनुभएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले मुलुकमा जनताको सार्वभौम अधिकारको रक्षा गरी उनीहरूको आर्थिक तथा सामाजिक […]

विपिनको रिहाइका लागि आग्रह

काठमाडौँ, फागुन २९ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग बुधबारसाँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शीघ्र रिहाइका लागि भूमिका निर्वाहका लागि राष्ट्रपति अब्देलसँग […]

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा मागदाबी नपुग्ने फैसला

 काठमाडौँ,  फागुन २८ गते । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको छ । न्यायाधीशहरु हरिप्रसाद फुँयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज उक्त मुद्दामा मागदाबी नपुग्ने फैसला गरेको हो । संवैधानिक इजलासमा विचाराधीन रहेको तत्कालीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका विषयमा टिप्पणी गरेको र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित […]

कार्यालय स्थापनापछि भूकम्पपीडित आशावादी

जाजरकोट, फागुन २८ गते । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित भूकम्पबाट क्षति भएका आफ्ना संरचनाको पुनर्निर्माण र पुनस्र्थापना हुनेमा आशावादी देखिएका छन् । भेरी नगरपालिका–१ स्थित रिम्नामा भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालय स्थापना भएपछि उनीहरू आशावादी देखिएका हुन् । गत आइतवार गृहमन्त्री रमेश लेखकले कार्यालयको उद्घाटन गरेपछि पीडितहरू त्यसरी आशावादी देखिएका हुन् । पुनर्निर्माण तथा पुनस्र्थापना […]

काम अघि बढाउँदै भूमि आयोग

प्युठान, फागुन २८ गते ।  सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधानका लागि गठित राष्ट्रिय भूमि आयोगले जिल्लामा आफ्नो सक्रियता बढाएको हो । सुकुमवासी, भूमिहीन र अव्यवस्थित बसोवास गर्ने व्यक्तिको तथ्याङ्कलाई सूचना प्रणालीमा प्रविष्ट गर्ने, सहजीकरण समिति गठन गर्ने, फोकल पर्सन तोक्ने, सुकुमवासीको अध्ययन गरी टुङ्गोमा पुर्‍याउने मुख्य कामका लागि पालिकामा छलफल अघि बढेको हो । जिल्लाका […]

आमसञ्चार परिषद् विधेयक समितिमा

काठमाडौँ, फागुन २८ गते । प्रतिनिधि सभाले आमसञ्चार परिषद् विधेयक दफाबार छलफलका लागि समितिमा पठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङको प्रस्तावमा विधेयक मङ्गलबार समितिमा पठाइएको छ । विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल हुने छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक माथिल्लो सदनबाट माघ २८ गते पारित भएको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि […]

वैज्ञानिक र प्रविधियुक्त शिक्षा प्रणालीबाटै मुलुकको समृद्धि

गोठगाँउ (मोरङ), फागुन २७ गते । प्रधानमन्त्री तथा पूर्वाञ्चल विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वैज्ञानिक र उच्च प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि सरकारले विश्वविद्यालयहरूलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्वविद्यालयहरूले अगाडि सारेको शिक्षा प्रणालीलाई वैज्ञानिक र प्रविधियुक्त बनाउन सकेमात्र मुलुकको समृद्धि अभियानले सफलता पाउने बताउनु हुँदै त्यसको सुधारका लागि सरकारले प्रतिबद्धताका साथ सहयोग […]

चितवनमा कांग्रेसको गुमेको सिट हामी फर्काउछौँ : अध्यक्ष गुरुङ

चितवन, फागुन २७ गते।  नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले अब आउने  जिल्ला तरुण अध्यक्षले चितवनको गुमेको सिट फर्काउने बताउनुभएको छ। मंगलबार चितवनमा आयोजित भरतपुर महानगर समिति द्वारा आयोजित पुर्णकालीन सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गुरुङले यस्तो बताउनुभएको हो। विभिन्न दल अहिले अनेक बहानामा षड्यन्त्र गरिरहेको बताउदै उहाँले सचेत रहन तरुणलाई निर्देशन दिँदै यस्तो बताउनुभएको […]

नैतिक मूल्य मान्यता समाजका मेरुदण्ड : राष्ट्रपति

काठमाडौँ, फागुन २० गते  ।  राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य, मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताउनुभएको छ । राष्ट्रपति सचिवालयका अनुसार सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुण अनिवार्य भएको बताउनुभयो । पौडेलले भन्नुभयो, […]

राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौं, फागुन १८ गते । सङ्घीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक आइतबार बस्ने भएको छ । आज मध्याह्न १२ः१५ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको हेरफेर गर्नुहुने छ । यसैगरी, बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल