alliance khabar

बिहिबार, जेठ ०८, २०८२

तनहुँ, जेठ ८ गते।

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताउनुभएको छ। नेपाली कांग्रेस तनहुँले बिहीबार दमौलीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै  महाधिवेशन छ महिनादेखि एक वर्ष लम्बिने सम्भावना रहेको बताउनुभयो। सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएकोले सर्ने बताउनुभयो।

विधान अनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यही अनुसार महाधिवेशनको समय एक वर्ष थपिने उहाँको भनाइ थियो। महतले भन्नुभयो, ‘विगतका अधिवेशनमा समय सरेको थियो, यसपटक पनि तयारी नपुगेकोले सार्नुपर्ने अवस्था छ।’

समानुपातिक राजनीतिक पद्धतिले गर्दा कुनै पनि पार्टीको बहुमत नआउने अवस्थामा अन्य पार्टीसँग सहमति गर्नु पर्ने बाध्यतात्मक कारणले एमालेसँग सहमती गरिएको डा. महतको भनाइ थियो। पार्टीभित्रका कमजोरी सुधार्दै पार्टीलाई बलियो बनाउनु अहिलेको मुख्य आवश्यकता रहेको महतले बताउनुभयो।

कांग्रेस बलियो भएमात्रै अन्य पार्टीसँग प्रतिस्पर्धा गर्न सकिने प्रवक्ता महतको धारणा थियो। कांग्रेस र एमालेबिचमा सिद्धान्त नमिले पनि सिद्धान्त भन्दा माथि कूटनीति हुने भएकोले सहकार्य गरिएको बताउनुभयो। जनताको चाहना पूरा गर्न सत्तामा जानु पर्ने भएकोले एमालेसँग सहकार्य गरिनु उपयुक्त भएको उहाँको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, नेपाली कांग्रेसका  पूर्व सभापति रघुनाथ पौडेल, उपसभापतिद्वय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिवद्वय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल, नेपाल महिला सङ्घ तनहुँको अध्यक्ष पवित्रा पौडेल लगायतका वक्ताले गुटउपगुटमा नलागी व्यक्तिगत स्वार्थ छोडेर पार्टी सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिनु भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल