alliance khabar

बिहिबार, जेठ ०८, २०८२

काठमाडौँ, २०८२ जेठ ८ —

नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले ‘श्रमजीवीका कुरा’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सो कार्यक्रम जेठ ९ गते पार्टी कार्यालय सानेपामा दिउँसो १२:१५ बजे सुरु हुन लागेको हो।

कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षाका विविध पक्षमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नेछन्। नेपाल बार एसोसिएसनका  वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेले विद्यमान श्रम कानुनका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने सामाजिक सुरक्षा विश्लेषक अर्जुन गौतमले योगदानमा आधारित सामाजिक सुरक्षाबारे धारणा राख्नेछन्। त्यस्तै, प्राध्यापक डा. महानन्द चालिसेले श्रम तथा रोजगार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नेछन्।

कार्यक्रममा लोकतान्त्रिक मूल्यमा विश्वास गर्ने श्रम क्षेत्रमा क्रियाशील सम्पूर्ण श्रमिक नेताहरूको सहभागिता अपेक्षा गरिएको श्रमिक तथा ट्रेड युनियन विभागले जनाएको छ। विभागका सचिव डीपी अर्यालका अनुसार, “आजको श्रम र श्रमिकका मुद्दामा कांग्रेस नेतृत्व तहको ध्यानाकर्षण गराउने उद्देश्यले कार्यक्रम तय गरिएको हो।”

कार्यक्रमले श्रम क्षेत्रका चुनौती, सुधार र सम्भावनाबारे सन्देश दिने अपेक्षा श्रमिक तथा ट्रेड युनियन विभाग ले गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल