alliance khabar

सोमबार, कार्तिक १०, २०८२

काठमाडौँ, कात्तिक १० गते । 

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहाहुर खड्काले छठ पर्व नेपाली समाजमा धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक एकताको अद्वितीय प्रतीकका रुपमा स्थापित भएको बताउनुभयो ।

सोमबार छठ पर्वको शुभकामना दिनुहुँदै कार्यवाहक सभापति खड्काले यो पर्वले समुदायमा सामूहिक भावना, अनुशासन, पारिवारिक एकता र सामाजिक सद्भाव प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषतायुक्त मुलुक हो । यहाँ मनाइने विविध चायपर्वहरुले हामी सबैलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरिरहेका छन् । हाम्रा यस्ता पर्वहरुले सामाजिक सम्बन्धलाई सुदृढ पार्ने मात्र होइन : राष्ट्रिय पहिचान र समृद्ध समाज निर्माणमा योगदान पुर्याउने माध्यमका रुपमा समेत काम गरिरहेका छन् ।’’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल