alliance khabar

बुधबार, कार्तिक ०५, २०८२

काठमाडौँ, कात्तिक ५ गते ।

 उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल सम्वत् ११४६ ले काठमाडौँ उपत्यकाको नयाँ बहीखाता परम्परालाई मात्र नभइ, सिङ्गो नेपाली समाजमा सहिष्णुता, मेलमिलाप र भाइचाराको अनमोल संस्कृतिलाई जीवन्त राखेको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले नेपाल संवत् ११४६ को सुखद् आरम्भको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै कात्तिक शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने नेपाल संवत्ले सो कुरा उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “यो राष्ट्रिय सम्वत्को नयाँ वर्षले समस्त देशवासीलाई एकताबद्ध भई राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई सुदृढ गर्दै समृद्ध मुलुक निर्माणको महाअभियानमा एकाग्रताका साथ अघि बढ्न प्रेरणा र प्रोत्साहन मिलोस् भन्ने हार्दिक कामनाका साथ पुनः शुभकामना व्यक्त गर्दछु ।”

नेपाल संवतलाई मौलिक संवतको प्रवर्तक राष्ट्रिय विभूति शंखधर साःख्वालाई यस शुभ दिनमा हामी उच्च सम्मानका साथ स्मरण गर्दछौँ । उहाँले किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएको लोककल्याणकारी, निस्वार्थ र अतुलनीय योगदान नेपाल र नेपाली समाजका लागि सदैव प्रेरणाको स्रोत बनिरहने पनि उल्लेख गर्नुभएको छ ।

हाम्रो ‘विविधतामा एकता’ को मौलिक पहिचानलाई थप बलियो बनाउँदै, सम्पूर्ण नेपालीहरूबिच परस्पर अपनत्व भाव र सद्भाव बढाउन सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल