alliance khabar

शुक्रबार, पुष २५, २०८२

फुङलिङ, पुस २५ गते ।

 मेची राजमार्गअन्तर्गत बहानन्दे काबेली सडकखण्ड र  विद्युत सेवा शुक्रबारदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ । आगामी पुस २८ गतेसम्म चार दिनका लागि उक्त सडक खण्डमा साना तथा ठुला सबै सवारी साधन अवरुद्ध हुने भएको हो ।

मेची राजमार्गअन्तर्गतको काबेली–बहानन्देसम्मको साँघुरो सडकको स्तरोन्नति गर्ने कार्य शुक्रबारबाट सुरु हुने भएकाले दैनिक ६ घण्टा सडक तथा विद्युत सेवा अवरुद्ध हुने निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनले जनाएको छ । कम्पनीका अनुसार दैनिक बिहान ८ देखि दिउँसो २ बजेसम्म सडक तथा विद्युत सेवा अवरुद्ध हुने भएको हो ।

निर्माण कार्य अवधि भरि अति आवश्यक कार्यका लागि वैकल्पिक मार्गको सडक प्रयोग गरी सवारी साधन सञ्चालन गर्न आग्रह गरिएको छ । यस्तै सोही अवधिमा उक्त क्षेत्रमा आफ्ना पशु चौपाया नछोडिदिन, मानिसहरू हिँडडुल तथा आवतजावत नगरी दिन र सावधानी अपनाइदिन समेत स्थानीयवासी तथा यात्रुहरूलाई अनुरोध गरिएको छ । आफ्ना अनुरोधलाई बेवास्ता गरी कुनै किसिमको क्षति हुन पुगेमा स्वयम् जिम्मेवार हुनु पर्ने समेत निर्माण कम्पनीले जनाएको छ ।

स्तरोन्नतिको समय केन्द्रीय प्रसारण लाइन भएको जिल्लाभरका क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रले जनाएको छ । शुक्रबार खोक्से खोलामा स्तरोन्नतिको कार्य सुरु गरिने भएकाले खासै अवरुद्ध हुने सम्भावना कम रहेको जनाइएको छ । शुक्रबारको कार्य स्थानभन्दा विद्युतको पोलहरू टाढा रहेकाले जोखिम नहुने ताप्लेजुङ वितरण केन्द्रको अनुमान छ । तर स्तरोन्नतिमा खटिएको प्राविधिक सल्लाह अनुसार विद्युत सेवा भने शुक्रबारबाटै अवरुद्ध हुने की शनिबारबाट भन्ने चाँही यकिन हुन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल