नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका छन्ः सभापति देउवा

ललितपुर, साउन १६ गते। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशी लोकतान्त्रिक चरित्रसहित नेपालका सबै जातजाति एकताबद्ध भएर अगाडि बढिरहेका बताउनुभएको छ। नेपाली कांग्रेसको थारु विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘वर्तमान अवस्थामा थारु समुदायको सामाजिक, आर्थिक, राजनीतिक अवस्थाः अवसर र चुनौती’ विषयक विचार गोष्ठीमा उहाँले नेपाली कांग्रेस थारु समुदायको उत्थान र विकासका लागि […]

बाँकेमा ३८ खानेपानी आयोजना कटौती

बाँके, साउन १६ गते । बाँकेमा निर्माणाधीन मध्ये ३८ वटा खानेपानी आयोजना चालु आर्थिक वर्षदेखि अधुरो अवस्थामा रहने देखिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत प्रकाशजङ्ग शाहका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका सबै ३८ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ । खानेपानी तथा सरसफाई कार्यालय बाँकेका वरिष्ठ अधिकृत […]

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न आग्रह

नोम पेन्ह, साउन १५ गते । कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ । ती सैनिकलाई दशकौँको सबैभन्दा रक्तपातपूर्ण सीमा सङ्घर्षलाई रोक्न युद्धविराम भएको केही घण्टापछि कब्जामा लिइएको थियो । पाँच दिनको झडपमा दुवैतर्फ कम्तीमा ४३ जनाको मृत्यु भएपछि दुवै देशले मङ्गलबारदेखि युद्धविरामको सहमति गरेका थिए । विवादित सीमावर्ती मन्दिरहरूको दीर्घकालीन विवादले […]

स्याउ पाक्ने बेलामा बाटो बन्द, किसानलाई चिन्ता

बाजुरा, साउन १५  गते । स्याउ पाक्ने बेलामा बाटो बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्वी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ । यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने […]

रुसमा ८.८ म्याग्निट्यूडको भूकम्प, सुनामी आउने चेतावनी

रुस, साउन १४ गते ।  रुसको पूर्वी तटपारि क्षेत्रमा बुधबार ८.८ म्याग्निट्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ । अमेरिकी जीओलोजिकल सर्भे यूएसजीएसका अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो । बिबिसीकाअनुसार जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ […]

चितवनका २५ हजार घरपरिवार बाढीपहिरोको जेखिममा

चितवन, असार १४ गते । चितवन जिल्लामा २५ हजार ७३३ घरपरिवार बाढी पहिरोको जोखिममा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाका सात पालिकामा बाढी र पहिरोको जोखिममा २५ हजारभन्दा धेरै घरपरिवार रहेको बताउनुभयो । जिल्लाका सात पालिकामा रहेका एक लाख २८ हजार ६६५ जनसङ्ख्या वर्षातका कारण प्रभावित बन्ने देखिएको छ । उहाँका […]

गृहमन्त्रीद्वारा हज समितिको अध्यक्ष नियुक्त

काठमाडौँ, साउन १३ गते । गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गर्नुभएको छ । आज मन्त्रिस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरुको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

देश विकासका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

सुदूरपश्चिम, साउन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देश विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कैलालीको पूर्वी क्षेत्रमा निर्माणाधीन राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणमा निर्माण पूरा भएको सिँचाइ प्रणाली र विद्युत्गृहको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा परिर्वतन ल्याउनका लागि योगदान गरेका दुई ठूला दलको अहिलेको सरकार स्थिरता, […]

पूर्वप्रधानमन्त्री नेपाललाई वारेस राख्न अनुमति दिन अस्वीकार

काठमाडौँ, साउन १३ गते । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दामा वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । न्यायाधीश तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई वारेस अनुमति नदिएको हो । विशेषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाललाई आठदेखि १० वर्षसम्म कैद सजाय हुने कसुरमा मुद्दा चलाएकोले फौजदारी कार्यविधिसंहिताको व्यवस्था अनुसार वारेस अनुमति दिन […]

सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा पौडेल सिफारिस

काठमाडौँ, साउन १३ गते । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस हुनुभएको छ । मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकालले अवकाश पाएसँगै न्याय सेवा आयोगले पौडेललाई सिफारिस गरेको हो । आयोगको सिफारिस अनुसार अब मन्त्रीपरिषद्ले पौडेललाई नियुक्ति र पदस्थापन गर्ने छ । पौडेल सर्वोच्चकै रजिस्ट्रार हुनुहुन्थ्यो । न्याय सेवाको कर्मचारीतर्फको विशिष्ट पद मुख्य रजिस्ट्रारबाट ढकालले आइतबारदेखि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल