alliance khabar

बुधबार, पुष २३, २०८२

चौमाला (कैलाली), पुस २३गते ।

राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो।

केन्द्रमा भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट खम्ब खातीले उम्मेदवारी दर्ता गर्नु भयो । नेकपा (एमाले) को तर्फबाट लीला भण्डारीले उम्मेदवारी दर्ता गर्नु भयो ।

कांग्रेस–एमालेबिच भएको राजनीतिक समझदारी अनुसार दुवै दलले छुट्टाछुट्टै सिटमा प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दर्ता गरेका हुन् । खातीको प्रस्तावकमा पदमबहादुर शाही र एमालेको चक्रबहादुर मल्ल समर्थक छन् । त्यस्तै भण्डारीको प्रस्तावक प्रदेश सांसद धर्मराज पाठक र समर्थक सन्तोष शर्मा थापा रहनु भएको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवारी दिएको छ। सो पार्टीको तर्फबाट महिलातर्फ रोजी बस्नेत सुनार र पुरुषतर्फ टीकाराम जैशीले उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल