काठमाडौँ, पुस ८ गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ। महामन्त्री थापाले सबै जिल्ला कार्यसमितिका सभापतिलाई सम्बोधन गर्नुहुँदै पुनः क्रम सङ्ख्या नम्बरसहितका नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पठाइएको जानकारी दिनुभएको छ। उहाँले यसअघि फारम पठाउँदा कतिपय क्षेत्रमा क्रम सङ्ख्या नभएको […]
भैरहवा, पुस ८ गते । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिसमा सहमति जुट्न नसकेपछि प्रदेश समितिले क्षेत्र र जिल्लाबाट आएका नाम छनोट नगरी केन्द्रमा सिफारिस गरेको हो । कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्येक निर्वाचन […]
काठमाडौँ, पुस ७ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंक व्यक्त गरेका छन् । सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय वार्ताका क्रममा आफ्ना धारणा राख्दै नागरिक अगुवाहरुले यस्तो आशंक व्यक्त गरेका हुन् । फागुन २१ गतेका लागि अन्तरिम सरकारले निर्वाचनको मिति तोकेको छ । तर समयमै निर्वाचन हुने कुरा जटिल […]
काठमाडौँ, पुस ७ गते । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेद्वारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेद्वारको […]
काठमाडौँ, पुस ६ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ […]
काठमाडौँ, पुस ५ गते । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गर्नुभएको छ । नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा आज यहाँ उहाँले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताउनुभयो । सहसंयोजक नेपालले भन्नुभयो, “हामीले […]
ललितपुर, पुस ५ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका भइरहेको बताउनुभएको छ। द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा आज ललितपुरमा भएको ‘स्टार्टअप समिट २०२५’ मा उहाँले सरकार गठन भएको तीन महिनाभित्रै ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति’ पारित गरेको जानकारी गराउँदै डिजिटल नेपालको […]
काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताउनु भएको छ । जेनजी आन्दोलनपछि गत भदौ २७ गते बनेको सरकारको १०० पुगेको अवसरमा प्रधानमन्त्रीले सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । उहाँले पदमा रहँदा र अवकाश भइसकेपछि पनि कतिपयले लिइरहेको अनधिकृत […]
जनकपुरधाम, पुस ४ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट भारी बहुमतका साथ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा उपस्थित ९२ जना प्रदेशसभा सदस्यले प्रस्तावको पक्षमा मतदान गर्नुभएको हो । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै १० वटा राजनीतिक दलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका हुन् । आजको बैठकमा […]
रुपन्देही, पुस ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज रुपन्देही अदालतबाट रिहा हुनुभएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार रविसँग बिगोबापत् जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। आदेशअनुसार उहाँलाई जिल्लामै उपस्थित गराएर प्रक्रिया पूरा गरी धरौटीमा रिहा गरिएको हो। रविले पहिल्यै बैंक जमानत बुझाइ सकेकाले कागजी प्रक्रिया पूरा गर्न मात्रै […]