alliance khabar

मंगलबार, माघ १३, २०८२

हुम्ला, माघ १३ गते ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि उम्मेदवारको निर्वाचन खर्च सीमा निर्धारण गरिएको छ । निर्वाचन आयोगले हिमाली जिल्ला हुम्लासहित देशभरका जिल्लाका लागि निर्वाचन खर्चको हद तोकेको हो ।

एक मात्र निर्वाचन क्षेत्र रहेको हुम्ला जिल्लामा उम्मेदवारले निर्वाचनका लागि अधिकतम ३३ लाख रुपियाँसम्म खर्च गर्न पाउने मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिनुभयो ।

आयोगले तोकेको खर्च सीमाभित्र रहेर मात्र निर्वाचन खर्च गर्नुपर्ने उहाँले बताउनुभयो । हुम्ला जिल्ला एक निर्वाचन क्षेत्र रहेको र यहाँ सात जना उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा रहेका कारण सोही परिधिभित्र खर्च व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हुम्ला जिल्लामा ३४ हजार ३७२ जना मतदाता रहेका छन् । तीमध्ये १८ हजार २१ पुरुष र १६ हजार ३५१ महिला मतदाता छन् । अघिल्लो निर्वाचनको तुलनामा यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक हजार १९४ मतदाता सङ्ख्या वृद्धि भएको छ ।

हुम्ला जिल्लामा ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्र कायम गरिएका छन् । यसअघि २०७९ सालको निर्वाचनमा जिल्लामा ५८ मतदान स्थल र ६० वटा मतदान केन्द्र रहेका थिए । त्यतिबेला मतदाता संख्या ३३ हजार ३०८ रहेको थियो ।

यसैबिच जिल्ला सुरक्षा समितिले २७ वटा मतदान स्थललाई अति संवेदनशील घोषणा गरिसकेको छ । समितिको निर्णयअनुसार २१ वटा संवेदनशील र १० वटा सामान्य मतदान स्थल रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल