नइ पुरस्कार घोषणा

काठमाडौँ, माघ ८ गते ।  नइ प्रकाशनले साहित्य, कला, अध्यात्मलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १० जना साधकलाई २०८० सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले साहित्य, कला, अध्यात्म, दर्शनको उत्थानका लागि योगदान दिएका १० स्रष्टालाई जनही एक/एक लाख रुपियाँ नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको […]

योङ वेभको ‘बेबी’ सार्वजनिक

काठमाडौँ, माघ ८ गते । नेपहपको श्रीपेच सिजन–२ का विजेता योङ वेभले आफ्नो अफिसियल गीत ‘बेबी’ सार्वजनिक गर्नुभएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले युट्युबमा राम्रो भ्युज बटुलिसकेको छ । गीतमा प्रोडक्सन, मिक्स र मास्टरिङ ‘जेन’ को रहेको छ भने गीतको भिडियो ‘घिसिङ २१’ ले निर्माण गरेको हो । नेपहपको श्रीपेचका संस्थापक तथा प्रोजेक्ट […]

भारतीय गायक सोनु निगम काठमाडौँमा

काठमाडौँ, पुस १० गते।  भारतका प्रसिद्ध गायक सोनु निगम आज यहाँको हायात चौरमा हुने साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आउनुभएको छ। ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रममा सहभागी हुन उहाँ काठमाडौँ आउनुभएको हो। उहाँ एयरइन्डियाको विमानमार्फत आज दिउँसो काठमाडौँ आइपुग्नुभएको हो। उहाँको १९ सदस्यीय साङ्गीतिक समूह ब्यान्ड मेम्बर भने आज बिहानै आएका थिए। नेपाली […]

‘पिआर’ को फस्ट लुक

काठमाडौँ, मङ्सिर २५ गते । चलचित्र ‘पिआर’ को फस्ट लुक सार्वजनिक गरिएको छ । आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नीको प्रस्तुति रहेको चलचित्रलाई शोभित बस्नेतले निर्देशन गर्ने हुनुभएको छ । चलचित्रको छायाङ्कन अस्ट्रेलियाका विभिन्न सहरमा हुने निर्माण पक्षले जनाएको छ । चलचित्रका लागि अस्ट्रेलियामा कलाकार तथा प्राविधिकको छनोट भइरहेको छ । सन् २०२५ को सुरुवातसम्ममा छायाङ्कन […]

दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौँ, मङ्सिर २५ गते । नेपाली चलचित्र क्षेत्रको प्रवर्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्‍याउने उद्देश्यले ‘दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी फागुन २४ देखि सुरु हुने भएको छ । रेड चेरी मिडियाले आयोजना गर्ने महोत्सवले ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारालाई मूर्त रूप दिने प्रयास गर्दै कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनालाई […]

‘गर्न मन छ कुरा पियारी’ सार्वजनिक

काठमाडौँ, मङ्सिर ९ गते । गीतकार लोकराज अधिकारीको लेखन रहेकोे ‘गर्न मन छ कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको सङ्गीत रहेकोे गीतमा समीक्षा अधिकारी र सिडीको स्वर रहेको छ । पुष्कर खत्रीको सङ्गीत संयोजन रहेको गीतको मिक्सिङ साजन साहले गर्नुभएको छ । गीतको भिडियोमा उमेशसँगै मोडल जुना विश्वकर्मा र कमल सिंहको […]

‘परालको आगो’ मा थापा अनुबन्धित

काठमाडौँ, मङ्सिर ९ गते ।  चलचित्र ‘परालको आगो’ मा अभिनेतृ सुहाना थापा अनुबन्धित हुनुभएको छ । निर्माता कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट सुशील पोखरेल र थापाबिच लिखित सहमति भएको छ । पोखरेलले सामाजिक सञ्जालमार्फत अभिनेतृ थापासँग चलचित्रका लागि लिखित सहमति भएको जानकारी दिनुभएको हो । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’ मा केन्द्रित रहेर चलचित्र बन्न लागेको हो । […]

फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल

काठमाडौँ, मङ्सिर ९ गते । नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा अभिनेता कृष्ण मल्ल पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल फिल्म सोसाइटीको १२ औँ साधारण सभाबाट अभिनेता मल्ल अध्यक्ष पदमा चयन हुनुभएको हो । सोसाइटीको प्रथम उपाध्यक्षमा निर्माता मोहनकृष्ण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा नारायण प्रधान र तृतीय उपाध्यक्षमा राकेश खड्का निर्वाचित हुनुभएको छ । त्यसै गरी महासचिवमा राजेन्द्रकुमार बिसुराल, […]

एनपिएलको चर्चासँगै भव्य बन्दै कीर्तिपुर क्रिकेट मैदान

काठमाडौँ, मङ्सिर ८ गते।  नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद सङ्घहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुने गरी चर्चा बटुलिरहेको हो। चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार […]

चलचित्रकर्मीबिच चलचित्रकै कटाक्ष

काठमाडौँ, कात्तिक २५ गते । नेपाली चलचित्रको अहिले जताततै चर्चा छ । विशेष गरेर दसैँतिहारलक्षित एकैसाथ एकभन्दा बढी चलचित्र प्रदर्शन भएपछि चलचित्रले चर्चा नबटुल्ने कुरै भएन । दसैँको छेकोमा प्रदर्शन भएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ र दसैँमा प्रदर्शन भएका ‘छक्का पञ्जा–५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ व्यवसायिक रूपमा सफल भए । यी सफलताले राम्रो चलचित्र […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल