alliance khabar

बुधबार, जेठ १४, २०८२

हुम्ला, जेठ १४ गते ।

ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ । साथीसङ्गी र दौँतरीबिच भेटघाट हुन कठिन हुने उमेरमा रहनुभएका साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला पारेर स्थानीय तहमा हुने कला, मनोरञ्जन प्रदर्शन गरिएको ज्येष्ठ नागरिक सङ्घ हुम्लाका अध्यक्ष अदानसिंह रावतले बताउनुभयो ।

कार्यक्रमले एक दिन भए पनि मनोरञ्जन प्रदान गरेको सहभागी ज्येष्ठ नागरिक तुलसिंह रोकायाले बताउनुभयो । ढल्किँदो उमेरमा ज्येष्ठ नागरिकलाई मनोरञ्जन प्रदान गर्न कार्यक्रम सहयोगी भएको उहाँको भनाइ थियो । रैथाने मनोरञ्जन गर्ने क्रममा देउडा गाउने, मागल गाउने, चार्ची गाउने, भारी गीत गाउने, चुटकिला गाउने, बिहेमा गाउने गीत, ढाल तरबार नाच प्रस्तुत गरिएको थियो । महिला र पुरुषले फरक फरक रूपमा कला प्रस्तुत गरेका थिए ।

जिल्लाको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बस्नेतले ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न र मनोरञ्जन दिन कार्यक्रम गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमबाट पुरानो पुस्ताबाट नयाँ पुस्तालाई रैथाने कला पुस्तान्तरण गर्न सहज हुने बताउनुभयो । कार्यक्रममा ११७ जना ज्येष्ठ नागरिकको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल