काठमाडौँ, वैशाख १७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता प्रकाश ज्वालाले विभिन्न कम्युनिस्ट घटकबिच एकता भएपछि राष्ट्रिय महाधिवेशन मङ्सिरमा गर्ने निर्णय भएको जानकारी […]
मनाङ, वैशाख १६ गते । औषधीय जडीबुटी हिमाली जिल्ला मनाङको मुख्य आयस्रोत हो । तर, यहाँ जडीबुटीको संरक्षण, प्रवर्धन र मौसममा मात्रै भर पर्नुपर्ने अवस्था रहेको छ । जसले औषधीय जडीबुटीको गुणस्तरमा असर पर्ने गरेको पाइन्छ । मुख्य आयस्रोतको रूपमा रहेको औषधीय जडीबुटी यार्सागुम्बा आजदेखि सङ्कलन सुरु भएको छ । औषधीय जडीबुटीले भरिपूर्ण मनाङका लेकमा […]
वालिङ (स्याङ्जा), वैशाख १४ गते । युवा लेखक एवम् पत्रकार वसन्त पराजुलीद्वारा लिखित पछिल्लो उपन्यास ‘बखान’ माथि स्याङ्जाको वालिङमा विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजनामा वालिङमा आइतबार छलफल तथा समीक्षा (विमर्श) गरिएको हो । विमर्शमा सहभागी वक्ताहरूले ‘बखान’ उपन्यासलाई इतिहासको एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा चित्रण गरेका छन् । […]
काठमाडौँ, वैशाख १४ गते । पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आइतबार बदली भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली […]
गुल्मी, वैशाख १४ गते। गुल्मीबाट माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को परीक्षाका लागि २१ सयभन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन्। आज (सोमबार) देखि २७ गतेसम्म सञ्चालन हुन लागेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा यस जिल्लाबाट २१ सय ३४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी बिना बस्यालले जानकारी […]
काठमाडौँ, वैशाख १४ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपियाँ ५० पैसा र बिक्रीदर १५१ रुपियाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ३७ पैसा र बिक्रीदर १७७ रुपियाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको […]
काठमाडौँ, वैशाख १४ गते । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले साना तथा मझौला व्यवसायी देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको आठौँ साधारण सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष दाहालले स्थानीय उत्पादन, रोजगारी सिर्जना र उद्यमशीलता विकासमा साना व्यवसायीको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो । व्यवसायीले भोग्नु परेका समस्याप्रति संवेदनशील रहेको बताउँदै […]
काठमाडौँ, वैशाख १३ गते । सहरी विकास मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोवास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ । मन्त्रालयले आइतबार एक प्रेस नोट जारी गर्दै नागरिकको सुरक्षाका लागि स्थानान्तरण प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाएको हो । मन्त्रालयका अनुसार सहारा नभएका र वास्तविक समस्यामा परेका नागरिकका लागि अर्को व्यवस्था […]
म्याग्दी, वैशाख १३ गते । म्याग्दीको धौलागिरि हिमाल आरोहणका क्रममा करिब चार सय मिटर तल खसेर गम्भीर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी स्थित आठ हजार एकसय ६७ मिटर अग्लो धौलागिरि हिमाल आरोण गरेर फर्किने क्रममा सङ्खुवासभाका २१ वर्षीय मिङ्मा तेन्जि शेर्पा शुक्रबार बिहान चुचुरो […]
दाङ, वैशाख ११ गते । सटरभरि रैथाने हस्तकलाले सजिएका छन् । ढकिया, डेल्वा, डेल्या, भौका, डोक्नी, छिट्वा, गोन्द्री, मच्वा, खट्या, माटाका भाडा लगायत स्थानीय परम्परागत हस्तकला बिक्रीका लागि राखिएका छन् । यो दृश्य दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु सांस्कृतिक संग्रहालयको छेउमा रहेको “कोसेली घर” को हो । स्थानीय समुदायको रैथाने हस्तकला, सीप र संस्कृति नै आत्मनिर्भरताको […]