काठमाडौं, पुस २४ गते । प्रधानमन्त्री सुशीला कार्की र पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच निर्वाचन केन्द्रित छलफल भएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र […]
कञ्चनपुर, पुस २४ गते । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा कञ्चनपुरको १२ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा अमिर तिरुवा चयन हुनुभएको छ । बुधबार सम्पन्न गैरसरकारी संस्था महासंघ नेपाल, कञ्चनपुरको २४ औँ साधारण सभा तथा १२ औँ जिल्ला अधिवेशनबाट तिरुवा सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनुभएको हो । साथै उपाध्यक्षमा अञ्जु जोशी (भट्ट), सचिवमा शारदा जोशी, […]
म्याग्दी, पुस २४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सौर्यवायु र अन्तरिक्ष वातावरणसम्बन्धी गहिरो अनुसन्धान गर्दै उहाँले यो उपलब्धी हासिल गर्नुभएको हो, जसले सौर्य आँधी र अन्तरिक्ष मौसम बुझ्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । गौतमले पृथ्वीनजिक […]
मुगु, पुस २४ गते । मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फुको नाम्लाङखोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न पटक पटक माग गरे पनि सुनुवाइ भएको छैन । स्थानीय सरकारले सङ्घीय सरकारसँग तामाखानीको अन्वेषण तथा उत्खननका लागि पटक पटक माग गरिरहन्छ तर कुनै सुनुवाइ हुन सकेको छैन । सङ्घीयता लागु भएपछि तामाखानीले मान्यता पाउने […]
बबई (बर्दिया), पुस २४ गते । बर्दिया जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व चर्कंदै जान थालेपछि अन्तर्राष्ट्रिय जैविक मार्ग खाता कोरिडोरमा द्वन्द्व न्यूनीकरणको कामनासहित वनदेवीको पूजा गरिएको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण वन्यजन्तुको आक्रमणबाट मानिसले ज्यान गुमाउनु परेको भन्दै न्यूनीकरण गर्न वनदेवीको पूजा गरिएको हो । बर्दियाको नेपाल–भारत सीमासँग जोडिएको अन्तर्राष्ट्रिय कोरिडोर खातामा जम्मा भएका थारू अगुवाले वनदेवीको […]
भारदह(सप्तरी), पुस २४ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका- ३ सकरपुरामा सुविधा सम्पन्न १५ शय्याको अस्पताल भवन निर्माण भएको डेढ वर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन । ०७९ वैशाख २१ मा सम्झौता भई १४ करोडको लगानीमा २०८१ वैशाख १४ गते अस्पतालको भवन निर्माणको काम सम्पन्न भइसक्दा समेत अस्पताल सञ्चालनमा ल्याउन नसकेको हो । सुविधा […]
उर्लाबारी, पुस २४ गते । अत्यधिक चिसो बढेपछि मोरङको कानेपोखरी गाउँपालिकाले पुस २४ र २५ गते विद्यालयमा बिदा दिने निर्णय गरेको छ । केही दिन यता तराईमा शीतलहर चलिरहेको छ । यस्तो अवस्थामा बालबालिकालाई विद्यालय आउन जान समस्या हुने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएकाले सञ्चित बिदाबाट कट्टा हुने गरी दुई दिन विद्यालय बन्द गरिएको […]
काठमाडौँ, पुस २४ गते । निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बिहीबार उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता कार्य […]
चौमाला (कैलाली), पुस २३गते । राष्द्रिय सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमबाट नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन कार्यक्रम अनुसार धनगढीस्थित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गरिएको हो। केन्द्रमा भएको सहमति अनुसार नेपाली कांग्रेस र नेकपा एमालेले एक–एक सिटका लागि उम्मेदवारी दर्ता गरेका छन्। नेपाली कांग्रेसको तर्फबाट […]
मकवानपुर, पुस २३ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक सूचीमा चेपाङ समुदायका तीन जना परेका छन् । सीमान्तकृत समुदायबाट मकवानपुरका एकसहित तीन जना चेपाङ समुदायका समानुपातिक सूचीमा परेका हुन् । संविधान सभाका सदस्य एवं नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङले फरक तीन वटा पार्टीबाट तीन जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक […]