alliance khabar

बिहिबार, बैशाख १७, २०८३

काठमाडौँ,  वैशाख १७ गते ।

चिनियाँ सहयोगमा चक्रपथ विस्तारको दोस्रो चरणको काम अगाडि बढ्ने भएको छ । चक्रपथ विस्तार अन्तर्गत सहायतासम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएसँगै निर्माणको बाटो खुलेको हो ।

भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच बुधबार यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार दोस्रो चरणमा कलङ्कीदेखि वसुन्धरासम्मको ८.२ किलोमिटर सडक तथा पुल निर्माण गरिने छ । यस परियोजनाका लागि चीन सरकारले करिब ११ अर्ब रुपियाँ अनुदान उपलब्ध गराउने छ ।

यसअघि सन् २०१९ मा पहिलो चरण अन्तर्गत कोटेश्वरदेखि कलङ्कीसम्मको सडक विस्तार सम्पन्न भइसकेको छ । चक्रपथको दोस्रो खण्डमा कुल ११.६ किलोमिटर विस्तार गर्ने लक्ष्य रहे पनि हाल वसुन्धरासम्मको खण्डलाई प्राथमिकता दिइएको छ । कलङ्की–महाराजगन्ज क्षेत्र विस्तारका लागि विसं २०७४ फागुनमा समझदारी भए पनि विभिन्न कारणले काम सुरु हुन सकेको थिएन । सन् १९७७ मा चीनकै सहयोगमा २७.२ किलोमिटर चक्रपथ निर्माण भएको थियो भने पहिलो खण्ड (कोटेश्वर–कलङ्की) को १०.३९ किलोमिटर सडक २०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सम्झौतापछि मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा आउने समस्या तत्काल समाधान गर्दै सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको पूर्वाधार विकासमा चीनबाट थप लगानीको अपेक्षासमेत गर्नुभयो । चिनियाँ राजदूत झाङले उपयुक्त वातावरण बनेमा धेरै चिनियाँ लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको र विकासमा चीनको सहयोग निरन्तर रहने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल