आज देशभर साधारणतया बदली हुने

काठमाडौँ, भदौ १७ गते । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । मङ्गलबार सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन […]

खुल्यो उच्च सिपका श्रमिकलाई पनि कोरियाको बाटो

काठमाडौँ, भदौ १७ गते । उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् । […]

अठासी हजारभन्दा बढी पर्यटक आगमन

काठमाडौँ, भदौ १७ गते ।  सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, भदौ १७ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६५ रुपियाँ तीन पैसा र बिक्रीदर १६५ रुपियाँ ७३ पैसा, युके पाउन्ड […]

जनसम्पर्क विस्तारमा जुट्न निर्देशन

काठमाडौँ, भदौ १७ गते ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ विश्वास हासिल गरिरहेको र त्यसलाई सङ्गठनमा रूपान्तरण गर्न नसके दीर्घकालीन […]

प्रधानमन्त्री ओली आज बेइजिङ जानुहुँदै

थियानजिन (चीन), भदौ १७ गते ।  चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चङ्गसँग भेट हुनेछ र उपराष्ट्रपति चङ्गद्वारा आयोजित रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा […]

गुणस्तरहीन दुध बेच्ने ९ डेरीपसल कार्वाहीमा

दाङ, भदौै १६ गते । घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाको वजार व्यवस्थापन समितिको सोमबार बसेको बैठकले घोराही उपमहानगरपालिका –१५ मा रहेका ९ वटा डेरीहरुले बिक्री वितरण गरेको दुधमा नेपाल सरकारले तोकेको दुधको गुणस्तर तथा मापदण्ड बमोजिमको गुणस्तर नभएको पाइएकाले […]

जापानमा भालु आक्रमण बढ्दो

टोकियो, भदौ १६ गते ।  जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियार सम्बन्धी नियम सहज बनाएको छ । घट्दो मानव जनसङ्ख्या तथा जलवायु परिवर्तन लगायतका कारण भालुको बास स्थानमा परेको प्रभावका कारण जापानको आवासीय क्षेत्रमा धेरै जङ्गली भालु देखिने गरेकोे छ । यस वर्षको […]

एमाले दोस्रो विधान महाधिवेशन : कस्तो छ तयारी ?

काठमाडौं, भदौ १६ गते । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ । पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनका प्रतिनिधि र आयोजकको […]

चन्द्रागिरि–१ लाई ‘बाल श्रममुक्त वडा’ घोषणा

काठमाडौँ, भदौ १६  गते । चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बाल श्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बाल श्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यस क्रममा आइतबार चन्द्रागिरि–१ लाई बाल श्रममुक्त घोषणा गरियो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि–१ का वडाध्यक्ष हरिश्याम रानामगरलाई ‘बाल […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल