अँध्यारोमा बिरालोको आँखा चम्किएजस्तै बालबालिकाको आँखाको नानी पनि चम्किन्छ भने रेटिनोब्लास्टोमा भएको हुन सक्छ । विज्ञका अनुसार यति चेतनाको अभावमा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) भएका बालबालिका ढिलो गरी अस्पताल पुग्ने गरेका छन् । यस्तो अवस्थामा प्रभावित बालबालिकाले दृष्टि गुमाउनुपर्ने एवं थप जटिलता हुन नदिन आँखाको गेडा नै निकाल्नुपर्ने हुन्छ । नेपाली कतिपय समुदायमा बालबालिकाको आँखामा सेतो टीका जस्तो देखिएमा त्यसलाई […]
काठमाडौँ, पुस १७ गते । कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज आलु रातो प्रतिकेजी रु ५५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४४, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी […]
हरेक पुस १५ गते कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व पर्ने गर्छ । यो कुलुङ जातिको नयाँ वर्षको दिन पनि हो । ‘चाक्चाकूर’ को पूरा नाम ‘मीनारी दाचाम चाक्चाकूर’ हो । जे भए पनि कुलुङ जातिको ‘चाक्चाकूर’ पर्व मनाउने समय पनि गुरुङ जातिको ‘तमु ल्होछार’ सँगसँगै पर्ने गर्छ । एकै समयमा पर्ने गरेको कुलुङ जातिको नयाँ वर्ष ‘चाक्चाकूर’ पर्वबारे चाहिँ खासै […]
कलाले मानिसलाई आनन्द दिन्छ, उद्वेलित गराउँछ । परम्परागत कला त अझ ज्ञान प्राप्तिका लागि पनि प्रयोगमा ल्याइन्छ । नेपाली परम्परागत कलामा विशेष स्थान राख्दै आएको पौभा कलामा पनि पहिलेको तुलनामा निकै भिन्नता आएको छ । तथापि यो कलामा माध्यम, रङ प्रयोगमा सामान्य परिवर्तन आएको भए पनि विषयवस्तु र मूल शैली भने पुरानै रहेको छ । कलाकारले चित्र बनाउँदा पनि […]
कोलम्बो, पुस १७ गते । श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताउनुभयो । श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ । श्रीलङ्का कम्प्युटर इमर्जेन्सी […]
सियोल, पुस १७ गते । दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मङ्गलबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये डिएनए परीक्षणबाट थप १० जनाको पहिचान भएको शोकसन्तप्त परिवारलाई जानकारी गराएको छ । […]
टोकियो, पुस १७ गते । टोकियोको एक आवासीय क्षेत्रमा मङ्गलबार साँझ आगलागी हुँदा दुई जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार साँझ ५ बजे टोकियोको सुमिडा वार्डमा रहेको एक दुईतले घरमा आगलागी भएको खबर आएको थियो । तीव्र हावाको बिचमा आगो केही मिनेटमै फैलिएको र घरलगायत कम्तीमा आठवटा भवनमा आगो लागेको […]
हेटौँडा, पुस १६ गते । मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ । पर्सा वन्यजन्तु आरक्षणबाट खटिएको सुरक्षाकर्मीसहितको टोलीले मङ्गलबार साँझ बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित वसन्तपुरकी कान्छीमाया रुम्बाको आइतबार साँझ बाघको आक्रमणबाट मृत्यु भएको थियो […]
काठमाडौं, पुस १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताउनुभएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा काठमाडौंमा मङ्गलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो […]
तानसेन, पुस १६ गते । दुई करोडभन्दा बढी खर्च गरेर स्थापना गरेको कोभिड ल्याब अलपत्र अवस्थामा पुगेको छ । कोरोना सङ्क्रमणको जाँच हुन छाडेपछि दुई करोडभन्दा बढी खर्च गरेर निर्माण गरेको संरचना, ल्याबका सामग्री, कार्यालय तथा अन्य फर्निचर अलपत्र अवस्थामा रहेका छन् । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट तानसेनको धोबीधारामा सञ्चालनमा ल्याएको कोभिड ल्याब निर्माणका […]