alliance khabar

बुधबार, पुष १७, २०८१

कोलम्बो, पुस १७ गते ।

श्रीलङ्काका धेरै सरकारी संस्थाहरूमा साइबर आक्रमण भएको प्रहरी प्रवक्ताले मङ्गलबार स्थानीय सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) के.बी. मानथुङ्गाले श्रीलङ्का प्रहरी विभागको आधिकारिक युट्युब च्यानल ह्याक भएको बताउनुभयो ।

श्रीलङ्काको सरकारी मुद्रण विभागको आधिकारिक वेबसाइट पनि ह्याक भएको र यसको डाटा परिवर्तन गरिएको छ ।

श्रीलङ्का कम्प्युटर इमर्जेन्सी रेडिनेस टिम (एसएलसीइआरटी) तथा प्रहरीले हाल साइबर आक्रमणको अनुसन्धान गरिरहेको उहाँले थप्नुभयो ।

एसएलसीइआरटीले गत हप्तासरकारी वेबसाइटहरू आक्रमणको जोखिममा रहेको चेतावनी दिएको थियो । यसले साइबर आक्रमणहरू सामना गर्न तथा सरकारी कर्मचारीहरूलाई शिक्षित गर्न साइबर जनचेतना कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल