काठमाडौँ, पुस १८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले प्रथम महाधिवेशनको टुङ्गो लगाउन केन्द्रीय कार्य समिति बैठक भोलि शुक्रबार यहाँ हुने भएको छ । बैठकमा मुलुकको वर्तमान अवस्था, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ सङ्गठनको क्रियाशीलता प्रशिक्षण, महाधिवेशन केन्द्रित राजनीतिक अभियानबारे छलफल हुने सहमहामन्त्री प्रदीप कार्कीले बताउनुभयो । बैठकमा पार्टीका अध्यक्ष […]
भाइबहिनीहरू, अभिभावक वा कसैले सामान वा सवारीसाधन वा घरजग्गाको कर तिर्नु पर्छ भनेको कुरा सुन्नुभएको होला । कुनै पनि कुरा किन्दा वा उपयोग गर्दा सरकारलाई तिरिने शुल्कलाई कर भनिन्छ । आम्दानी गर्दा वा सामान किन्दा तोकिएको रकम सरकारलाई पनि तिर्नुपर्ने हुन्छ । प्राचीनकालमा नोट वा सिक्काको चलन थिएन । त्यो बेला एउटा सामानसँग अर्को सामान साटेर किनबेच गर्ने चलन […]
तनहुँ, पुस १८ गते । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका २ घुम्ती सडक किनारामा बेच्न राखिएको नाङ्लो (सुपो) । यहाँका अधिकांश भुजेल समुदायले नाङ्लो, डालो बुन्ने गर्दछन् ।
सर्लाही, पुस १८ गते । सर्लाहीको बरहथवा नगरपालिका–९ मुर्तियास्थित ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर । पुरातत्व विभागले पुनर्निर्माण गरेको यो मन्दिर परिसरमा धेरै पुराना कलाकृति, इँटा, ढुङ्गालगायतका भग्नावशेषहरु रहेको छ ।
काठमाडौँ, पुस १८ गते । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १२ः३० मा पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ । आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरिनेछ । केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेन्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको पार्टी सचिवालयले जनाएको छ । एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यवसायिक काममा फाइदा उठेपनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । […]
नेपालगन्ज, पुस १७ गते। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेश र मधेशीको हक अधिकारका लागि ठुलो आन्दोलन र संघर्ष गरेकोले जसपा नेपालको विकल्प नभएको बताउनुभएको छ। जनता समाजवादी पार्टीले सञ्चालन गरेको जनतासँग जसपा नेपाल, संगठन विस्तार आधारभूत अभियान अन्तर्गत बुधबार नेपालगन्जमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश र […]
काठमाडौँ, पुस १७ गते। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबिच छलफल भएको छ। आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो पार्टी एकताका सन्दर्भमा छलफल भएको जनाइएको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता गौतमले भन्नुभयो, “माधव नेपाल र म एकजुट हुने भइसक्या छ।” सञ्चारकर्मीको जिज्ञासामा उहाँले डा.भीम रावलका सम्बन्धमा […]
धनगढी, पुस १७ गते। छाडा चौपायाबाट बाली जोगाउनका कैलालीका किसान खेतमै बास बस्न बाध्य भएका छन्। राति छाडा चौपाया खेतमा आएर हिउँदे बाली नोक्सान गर्न थालेपछि कृषक खेतमै बास बस्न बाध्य भएका हुन्। उनीहरुले राति नै चौपाया धपाउने गरेका छन्। यसैगरी, छाडा चौपाया आउने नाकामा गस्तीसमेत गर्ने गरेका छन्। हिउँदमा हरेक वर्ष छाडा चौपायाले हैरान पार्ने […]
काठमाडौँ, पुस १७ गते । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८१ र पाँचखाल विशेष आर्थिक क्षेत्रलाई नेपाल […]