alliance khabar

मंगलबार, पुष १६, २०८१

हेटौँडा, पुस १६ गते ।

 मकवानपुरको मनहरी गाउँपालिका ५ मा एक वृद्धामाथि आक्रमण गरी मार्ने बघिनीलाई नियन्त्रणमा लिइएको छ ।

पर्सा वन्यजन्तु आरक्षणबाट खटिएको सुरक्षाकर्मीसहितको टोलीले मङ्गलबार साँझ बाघ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं ५ स्थित वसन्तपुरकी कान्छीमाया रुम्बाको आइतबार साँझ बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

सोमबार दिउँसोबाट उक्त बाघको खोजतलासको लागि पर्सा वन्यजन्तु आरक्षणबाट खटिएका कर्मचारी, चितवन राष्ट्रिय निकुञ्जबाट खटिएको बाघ नियन्त्रण प्राविधिक टोलीका चारजना, निकुञ्ज सुरक्षार्थ मनहरी गाउँपालिका ३ लामिटार बेशबाट खटिएको नेपाली सेना र चार वटा हात्तीसहितको टोलीले बाघलाई मङ्गलबार साँझ नियन्त्रणमा लिएको मकवानपुरमा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उक्त बाघलाई खोजतलास गर्ने क्रममा मनहरी गाउँपालिका ५ वसन्तपुरस्थित सुकौरा खोलामा डार्ट प्रविधिबाट (एम्बुस थापी बन्दुकबाट लट्याउने सुई लगाई) नियन्त्रणमा लिएको हो । उक्त बघिनीलाई पर्सा राष्ट्रिय निकुञ्ज आधाभार लगिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल