मध्यविन्दु (नवलपरासी), असार २७ गते । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि बर्खाको समयमा समेत यस क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो । गत वर्षसम्म सामान्य वर्षा, सडक निर्माण, पहिरो पन्छाउने काम तथा […]
काठमाडौँ, असार २७ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २३ पैसा र बिक्रीदर १५२ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ९६ पैसा र बिक्रीदर १७४ रुपियाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, असार २७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४७, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु […]
काठमाडौँ, असार २७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा हल्कादेखि […]
ढोरपाटन (बागलुङ), असार २६ गते । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयले प्रभावित क्षेत्रसहित आसपासका पालिकाका बालबालिकालाई दादुराविरुद्धको खोप लगापछि नियन्त्रणमा आएको हो । गत फागुन दोस्रो साता ढोरपाटन नगरपालिका ७, ८ र ९ मा सङ्क्रमण फैलिएको थियो । यसका लागि जनस्वास्थ्य कार्यालयले पहिलो चरणमा ढोरपाटन र त्यसपछि […]
काठमाडौँ, असार २६ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमतिबिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ । गत बुधबारको मन्त्रिपरिषद्ले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले […]
काठमाडौँ, असार २६ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी रु १७० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु दुई लाख ८७ हजार ४०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार […]
काठमाडौँ, असार २६ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयमातहतका सञ्चार संस्थानमा दैनिक सेवा प्रवाहमा समस्या पर्ने क्षेत्रमा मात्रै करार कर्मचारी राख्न सकिने बताउनुभएको छ । अहिले मन्त्रालय अन्तर्गतका गोरखापत्र संस्थान, सार्वजनिक सेवा प्रसारण संस्था (पिएसबी) र राष्ट्रिय समाचार समिति (रासस) मा करार सेवामा पनि कर्मचारी कार्यरत छन् । यी संस्थानमा अत्यावश्यक र दैनिक सेवा […]
बेइजिङ, असार २६ गते । एक सातायता आएको भीषण आँधी र बाढीका कारण कम्तीमा ५० जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन ‘बवी’ पूर्वी तटतर्फ अघि बढेपछि उच्च सतर्कता अपनाइएको छ । अधिकारीहरूले हजारौँ नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ । प्रतिघण्टा १६२ किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन ‘बवी’ […]
कञ्चनपुर, असार २५ गते । कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका नौ वटै पालिकाका सबै बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्नु हँुदै बालबालिकालाई […]