सन्दीपले वेस्ट इन्डिजमा विश्वकप खेल्ने

फ्लोरिडा, जेठ २८ गते । राष्ट्रिय क्रिकेट टोलीका‌ लेग स्पिनर सन्दीप लामिछानेले वेस्ट इन्डिजमा आइसीसी टी-२० विश्वकप खेल्नुहुने भएको छ । यसअघि अमेरिकाले भिसा दिन अस्वीकार गरेका कारण अमेरिकाको दुई खेलबाट बन्चित हुनुभएका सन्दीपले वेस्ट इन्डिनमा समूह चरणका दुई खेल खेल्ने पक्का भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार प्रेश विज्ञप्ति जारी गर्दै […]

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

काठमाडौँ, जेठ २६ गते :  युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ । अर्थ मन्त्रालयद्वारा तोकिएको समयसीमाभित्र योजना छनोट गरी पठाउनुपर्नेमा मन्त्रालय र परिषद्बीचको द्वन्द्वका कारण ती कार्यक्रम प्रभावित भएका हुन् । प्रदेश […]

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ, जेठ २२ गते :   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । सगरमाथा र बुद्धको देश भनेर चिनिने […]

टी-२० विश्वकप : अमेरिकाको विजयी सुरुवात

अमेरिका (डालास), जेठ २० गते : आयोजक अमेरिकाले आइसिसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुवात गरेको छ । डालासस्थित गान्ड पिएरे रङ्गशालामा आइबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई सात विकटले हरायो । जितका लागि एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन जोड्दै लक्ष्य पूरा […]

टी–२० विश्वकप

क्रिकेटको छोटो संरचनाको महाकुम्भ आज सुरु हुँदै छ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा हुने आइसिसी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । त्यसैले यो विश्वकपको ज्वरोले नेपालीलाई अझ च्यापेको छ; जुन एक महिना नभई निको हुने छाँट देखिँदैन । यसपालि आइसिसीले टी–२० विश्वकपमा चार टिम बढाएर २० टिमलाई सहभागी गराएको छ । […]

टी-२० विश्वकप : अभ्यास खेलमा नेपाल विजयी

काठमाडौँ, जेठ १२ गते । आइसिसी टी-२० विश्वकपको तयारीका लागि अमेरिकामा रहेको नेपालले घरेलु टोली ह्युस्टन हरिकेन्सविरुद्ध पहिलो अभ्यास खेलमा ६ विकेटको जित निकालेको छ । शुक्रबार राति भएको खेलमा जितका लागि एक सय ४७ रनको लक्ष्य पछ्याएको हरिकेन्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४० रनमा समेटिएको थियो । हरिकेन्सका लागि लाहिरु […]

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज, १७ वैशाख : बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उहाँको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब […]

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ, १५ वैशाख : अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ । नाटक निर्देशनकै बेला उहाँले शैक्षिक बेरोजगारीको कथालाई रोज्नुभएको थियो । डिग्री माइलामार्फत पनि सामाजिक, शैक्षिक र […]

भलिबल टोली बङ्गलादेश प्रस्थान

भक्तपुर, १३ वैशाखः बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ । ढाकामा यही वैशाख १४ गतेदेखि हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल यु–१९ प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसरको आज भक्तपुरमा आयोजित कार्यक्रममा बिदाइ गरियो । खेलाडी सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, […]

विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

मोरङ,२५ चैत: मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले साङ्ग्रिला फुटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधिमा कब्जा जमाएको हो । प्रतियोगिताअन्तर्गत शनिबार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा मच्छिन्द्र चम्किएको हो । खेलको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल