alliance khabar

मंगलबार, भाद्र १०, २०८२

काठमाडौँ, भदौ १० गते ।

नेपालले अष्ट्रेलियामा जारी टी–२० अभ्यास खेलमा स्थानीय क्यापिटल टेरिटोरी (एसिटी)विरुद्ध लगातार दोस्रो जित निकालेको छ ।

मङ्गलबार भएको खेलमा नेपालले एसिटीलाई ६ विकेटले हरायो । यसअघि मङ्गलबार नै भएको पहिलो खेलमा नेपालले एसिटीलाई ४१ रनने हराएको थियो । दोस्रो खेलमा जितका लागि ९७ रनको लक्ष्य पछ्याएको नेपालले १३.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अविजित ४२ रन बनाउनुभयो । गुलसन झाले २३ र आरिफ शेखले अविजित ११ रन बनाउनुभयो । बलिङमा एसिटीका इसाम रहमानले दुई तथा लुइस इभन्स र देव दुबेले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एसिटी १७.२ ओभरमा सवै विकेटको क्षतिमा ९६ रन बनाएको थियो । एसिटीका लागि निक ब्रोएसले १६ रन बनाउनुभयो । ज्याक केओघ, मिकी म्याकनमारा र टम होगनले १५/१५ रन बनाउनुभयो । जेक स्मिथले १० रन जोड्नुभयो ।

बलिङमा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र शाहब आलमले चार चार तथा कप्तान रोहितकुमार पौडेल र गुलसन झाले एक एक विकेट लिनुभयो ।

यसअघि पहिलो खेलमा लेग स्पिनर सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाल ४१ रनले विजयी भएको हो । जितका लागि एक सय ७८ रनको लक्ष्य पछ्याएको एसिटी १७.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३६ रनमा समेटिएको थियो ।

टप एन्ड टी–२० सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपालले स्थानीय टोलीसँग अभ्यास खेल खेलेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल