विद्यार्थी र ज्येष्ठ नागरिकालाई न्यानो कपडा

हिले, पुस १७ गते ।  चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो । पालिकामा रहेको ३९ विद्यालयका कुल एक हजार नौसय ३७ विद्यार्थीलाई वितरण गर्न लागिएको पालिका अध्यक्ष मनोज राईले जानकारी दिनुभयो । हालसम्म २५ विद्यालयका […]

स्वास्थ्य संस्थालाई लाखौंको सामग्री सहयोग

बागलुङ, पुस १६ गते । बागलुङ नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थालाई लाखौं रुपियाँका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य संस्थालाई बलियो बनाइ आम नागरिकको स्वास्थ्यमा सहयोग पुर्‍याउने लक्ष्यसाथ फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका परियोजना व्यवस्थापक समिता पुनले बागलुङ नगरपालिकाका […]

स्वास्थ्य सेवा निःशुल्क बनाइने

बुटवल, पुस ११ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौँ केन्द्रीय महाधिवेशनको बिहीबार रुपन्देही तिलोत्तमामा उद्घाटन गर्दै कांग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएको हो । […]

जन्मसँगै सिकलसेल परीक्षण

जमुनाह (बाँके), पुस ११ गते । भेरी अस्पताल नेपालगन्जमा बच्चा जन्मेको २४ घण्टापछि नै सिकलसेलको निःशुल्क परीक्षण हुने भएको छ । यसले समयमै समस्या पत्ता लाग्दा उपचार सुरु गर्न सकिने छ । अस्पतालका चिकित्सकसमेत रहेका सिकलसेल, थालेसिमियाका विज्ञ डा. राजन पाण्डेले रोग नै पत्ता नलागेर बर्सौंसम्म मानिसले दुःख पाउँदै आएको भन्दै जन्मेको २४ घण्टामै परीक्षण गरेर समस्या […]

मानसिक स्वास्थ्य समस्याका कारण आपराधिक घटना

दैलेख, पुस ७ गते । दैलेख जिल्लामा पछिल्लो समय मानसिक स्वास्थ्य समस्यासँगै आपराधिक घटना बढ्दै जान थालेका छन् । पारिवारिक तनाव, आर्थिक अभाव, लैङ्गिक हिंसा तथा सामाजिक दबाबका कारण मानसिक समस्या जटिल बन्दै जाँदा आपराधिक घटना बढ्दै गएको हो । गत मङ्सिरमा दैलेखको नौमुले गाउँपालिका–५ का २७ वर्षीय तिर्सना राम्जालीले गरेको दाउराको चिर्पट प्रहारबाट आफ्नै बुवा ६५ […]

भावातीत ध्यानमार्फत नेपालले विश्व शान्तिको नेतृत्व गर्छ : अध्यक्ष दीपकप्रकाश बास्कोटा।

काठमाडौँ, पुस ६ गते । नेपाल सरकारका पूर्व गृहराज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले महर्षि भावातीत ध्यानको माध्यमबाट नेपालले विश्व शान्तिको नेतृत्व गर्न सक्ने बताउनुभएको छ। काठमाडौँको ब्रह्मानन्द सरस्वती ग्राम दक्षिणकालीस्थित ध्यान केन्द्रमा, दोस्रो  विश्व ध्यान दिवस डिसेम्बर २१ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बास्कोटाले महर्षि भावातीत ध्यान केवल व्यक्तिगत […]

जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौँ, पुस ६  गते ।  दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक  संयुक्त राष्ट्रसङ्घमा विशेष प्रस्तुती दिएको छ ।  नेपालको प्रतिनिधित्व गर्दै जीवन विज्ञान प्रतिष्ठानले ध्यान दिवसका अवसरमा संयुक्त राष्ट्रसङ्घमा शुक्रबार ध्यानसम्बन्धी अलग /अलग दुई कार्यक्रम आयोजना गरेकोे छ । नेपालको तर्फबाट जीवन विज्ञान प्रतिष्ठानका संस्थापकद्वय रमेश नेपाल र एलपी भानु शर्माले अमेरिकाको न्युयोर्कस्थित […]

सुर्तिजन्य पदार्थको सेवनले वर्षेनि ३८ हजारभन्दा बढीको ज्यान जाँदै

बागलुङ, पुस ६ गते । नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनि झण्डै ४० हजारभन्दा बढीको ज्यान जाने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको संयोजनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य कोषको सचिवालयले बागलुङमा आयोजना गरेको ‘सुर्तिजन्य पदार्थको नियन्त्रण र नियमन’ विषयक अन्तरक्रियामा स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाले सुर्तिजन्य पदार्थको सेवनले ३९ हजार दुई […]

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौँ, पुस ६ गते । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आइतबार ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गरेको जनाइएको छ । गत […]

बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए

नेपालगन्ज, मङ्सिर २७ गते ।  बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ