alliance khabar

शुक्रबार, पुष ११, २०८२

बुटवल, पुस ११ गते ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले नागरिकको स्वास्थ्य सेवा निःशुल्क बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्यकर्मी सङ्घको आठौँ केन्द्रीय महाधिवेशनको बिहीबार रुपन्देही तिलोत्तमामा उद्घाटन गर्दै कांग्रेस नेता शाहले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारकै दायित्व भएको उल्लेख गर्दै उपचार सेवालाई चुस्त र दुरुस्त बनाइनुपर्नेमा जोड दिनुभएको हो । उहाँले कोभिड–१९ महामारी जस्तो कठिन समयमा स्वास्थ्यकर्मीले पु¥याएको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको आवाज सुन्नु अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गङ्गा शाहीले जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका स्वास्थ्यकर्मीको सुरक्षा र उनीहरूका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले महामारीजन्य विपत्का समयमा स्वास्थ्यकर्मीको योगदान उच्च रहेको बताउँदै उनीहरूका समस्या समाधानमा सरकारले तदारुकता देखाउनुपर्ने बताउनुभयो । तिलोत्तमा नगरपालिकाका नगरप्रमुखसमेत रहनुभएका खाणले स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोगका लागि आफू तयार रहेको उल्लेख गर्दै प्रभावकारी स्वास्थ्य सेवाका कारण पछिल्ला वर्षमा नागरिकको औसत आयु बढ्दै गएको बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा सङ्घका उपाध्यक्ष किरण वलीले सङ्घले बेहोर्नुपरेका व्यवधानको जानकारी गराउँदै यो अधिवेशनले सङ्गठनमा आइपरेका समस्याको समाधान गर्ने र सङ्गठनलाई गति दिने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल